PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

​अबदेखि दुबईमा हप्तैपिच्छे नेपाली सिनेमा रिलिज



​अबदेखि दुबईमा हप्तैपिच्छे नेपाली सिनेमा रिलिज

  • पहिलोपोस्ट-
काठमाडौं : नेपाली फिल्मका लागि खुशीको खबर! अबदेखि प्रत्येक शुक्रबार युएईस्थित भक्स मल्टिप्लेक्स चेनहरुमा नेपाली सिनेमा नियमित रिलिज हुने भएका छन्।  

नेपाली फिल्मको रङ संयोजनमा स्थपित भैसकेका सुदीप श्रेष्ठको पहलमा भक्सका मल्टिप्लेक्समा फिल्म रिलिज हुन लागेको हो। आइतबार भक्स सिनेमासँग व्यवसायिक सम्झौता भएको छ। 

प्रत्येक साता नेपाली सिनेमा रिलिज हुने भएपछि दुबई, शारजाह लगायतका युएई सहरमा बस्ने नेपाली उत्साही छन्। मध्यपूर्वमा पहिलोपटक यसरी फिल्म रिलिजका लागि व्यवसायिक सम्झौता आदानप्रदान गरिएको हो। 

भक्सका १३ स्थानका सात दर्जनभन्दा बढी पर्दामा फिल्म रिलिज हुने जानकारी श्रेष्ठले दिए। अंग्रेजी र हिन्दी फिल्मको बीचमा नेपाली फिल्मको ट्रेलरसमेत प्रदर्शन हुने भएको छ। 

भ्यालेन्टाइन डे अर्थात फेबु्रअरी १४ तारिखमा सिनेमा कबड्डी कबड्डीदेखि नियमित फिल्म प्रदर्शन हुनेछ। एकवर्षभित्र नयाँ १२ चलचित्र प्रदर्शन गर्ने आफुहरु तयारी रहेको सुदीपले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell