PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

काठमाडौं घोषणापत्रमाथि ​सार्क परराष्ट्र मन्त्रीस्तरीय बैठक जारी



काठमाडौं घोषणापत्रमाथि ​सार्क परराष्ट्र मन्त्रीस्तरीय बैठक जारी

काठमाडौं : सार्क परराष्ट्र मन्त्रीस्तरीय बैठक काठमाडौंको होटल सोल्टीमा सुरु भएको छ। बैठकमा सार्कका परराष्ट्र सचिवस्तरको स्थायी समिति बैठकले पेश गरेका अजेण्डाबारे छलफल भइरहेको छ।

जारी ३६ औँ मन्त्रीस्तरीय बैठकले काठमाडौँ घोषणापत्रलाई अन्तिम रुप दिनेछ। बैठकमा आयोजक राष्ट्र नेपालले पठाएको ३१ बुँदे प्रस्तावमाथि छलफल हुनेछ।

मंगलवार बिहानदेखि जारी बैठकमा माल्दिभ्सका विदेशमन्त्री दुन्या मौमुनले नेपालका परराष्ट्रमन्त्री महेन्द्र पाण्डेलाई अध्यक्षता हस्तान्तरण गरेका छन्।

बैठकमा सार्कका सहकार्यका क्षेत्र र विगतका निर्णय कार्यन्वयनका पक्षमा छलफल भइरहेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
















फोटोहरुः सूचना विभाग।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell