PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

​सिरोहियापुत्रको एमएन्डएस होल्डिङ्ग्सले चार नयाँ कम्पनी सुरु गर्ने



​सिरोहियापुत्रको एमएन्डएस होल्डिङ्ग्सले चार नयाँ कम्पनी सुरु गर्ने

काठमाडौँ : सम्भव सिरोहिया सिइओ रहेको एमएन्डएस होल्डिङ्ग्सले चार वटा नयाँ कम्‍पनी बिहीबार औपचारिक रुपमा सुरु गर्ने भएको छ। सिरोहिया कान्तिपुरका प्रकाशक कैलाश सिरोहियाका छोरा हुन्।

सिइओ सिरोहियाद्वारा जारी निमन्त्रणा-विज्ञप्तिमा एमएन्डएस अन्तर्गत भिम्याग, नेक्स्ट, वर्क्सप्रो र इभेन्टस गरी चार वटा कम्पनी बिहीबार टंगालको एट्टिक बारमा हुने प्रेस सम्मेलनमा घोषणा हुने उल्लेख छ।

एमएन्डएस भिम्याग काठमाडौँ पोस्टमा अहिले प्रकाशन भइरहेको लाइफस्टाइल सप्लिमेन्टको नयाँ रुप हो। अब यो सप्लिमेन्टको साटो ५२ पेजको साप्ताहिक म्यागाजिनका रुपमा अलग्गै प्रकाशन हुनेछ।

त्यसैगरी एमएन्डएस नेक्स्टले नेपालका उद्यमीहरुलाई व्यवसाय सुरु गर्न र विस्तार गर्न नेटवर्क र फन्डिङबाट सहयोग गर्ने समूहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

एमएन्डएस वर्क्सप्रोले आइटीको क्षेत्रमा काम गर्नेछ भने एमएन्डएस इभेन्टसले पर्यटनको क्षेत्रमा काम गर्नेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell