PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

१८ हजारमा माइक्रोम्याक्सको क्यानभास पल्स फोर जी



१८ हजारमा माइक्रोम्याक्सको क्यानभास पल्स फोर जी

काठमाडौं : माइक्रोम्याक्सले क्यानभास पल्स फोर जी इ ४५१ नेपाली बजारमा सार्वजनिक गरेको छ। फोर जी कनेक्टिभिटी रहेको यस मोबाइलमा एन्ड्रोइडको ५.१ ललिपपको अपरेटिङ सिस्टम छ।

माइक्रोम्याक्स भारतीय ब्राण्ड हो। स्टेट अफ द आर्ट र सस्तो मोबाइल यसका प्रमुख विशेषता हुन्।

पल्स फोर जीमा ५ इञ्चको एचडी आइपिएस स्क्रिन रहेको छ। यस फोनमा १.३ गिगाहर्जको अक्टा कोर प्रोसेसर रहेको कम्‍पनीले जनाएको छ।
 
यस मोबाइलमा १३ मेगापिक्सलको अटोफोकस प्राइमरी क्यामरा छ भने ५ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ। यसमा ३ जिबीको डिडिआर ३ र्‍याम र १६ जिबिको इन्टर्नल मेमोरी रहेको कम्पनीले जानकारी दिएको छ।
 
पल्स फोर जीमा २१०० एमएएच क्षमताको ब्याट्री छ। यसको मुल्य १८ हजार तीनसय ७० रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell