PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

चार राष्ट्रका राष्ट्राध्यक्ष र सरकार प्रमुख नेपालमा, तीन 'हेभी वेट' बाँकी



चार राष्ट्रका राष्ट्राध्यक्ष र सरकार प्रमुख नेपालमा, तीन 'हेभी वेट' बाँकी

काठमाडौ: १८ औँ सार्क शिखर सम्मेलनमा सहभागी हुन चार सार्क राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख नेपाल आइपुगेका छन्। श्रीलङ्का, माल्दिभ्स, भुटान र अफगानिस्तानका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख नेपाल आइपुगेका हुन्।

श्रीलङ्काका राष्ट्रपति महिन्द्रा राजापाक्ष, माल्दिभ्सका राष्ट्रपति माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिन अब्दुल गैयुम, अफगानिस्तानका राष्ट्रपति असरफ घानी अहमदजाइ, भुटानी प्रधानमन्त्री छिरिङ तोब्गे काठमाडौँ आइपुगिसेका छन्।


अफगानिस्तानका राष्ट्रपति घानीलाई स्वागत गर्दै उर्जा मन्त्री राधा ज्ञवाली।
सार्कका तीन हेबी वेट राष्ट्र भारत, पाकिस्तान र बंगलादेशका राष्ट्रप्रुमुख भने दिउँसो तीन बजे पछि आइपुग्नेछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ र बंगलादेशका प्रधानमन्त्री शेख हसिना तीन बजे पछि त्रिभुवन विमास्थलमा उत्रनेछन्।

सबैभन्दा पहिला आइपुगेका राजापाक्ष त्रिभुवन विमास्थलबाटै विशेष हेलिकोप्टरबाट बुद्ध जन्मस्थल अवलोकन तथा भ्रमणका लागि लुम्बिनी गएका छन्। उनि बिहान सबा १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका हुन्।


भुटानका प्रधानमन्त्री तोब्गे।
त्यस्तै माल्दिभ्सका अध्यक्ष राष्ट्रपति गैयुम सार्कका अध्यक्ष समेत हुन्। बुधबार काठमाडौंको राष्ट्रिय सभा गृहमा हुने १८ औँ सार्क शिखर सम्मेलनको उद्घाटन सत्रमा गयैमुले नेपाललाई अध्यक्षता हस्तान्तरण गर्नेछन्।

राजपाक्षे आए लगत्तै अफगानिस्तानका राष्ट्रपति घानी राजधानी उत्रिएका थिए। लगत्तै भुटानी प्रधानमन्त्री तोब्गे र माल्दिभ्सका राष्ट्रपति गैयुम त्रिभुवन विनमास्थलमा आइपुगेका थिए।

सार्क शिखर सम्मेलनमा सहभागी हुन श्रीलंकाका राष्ट्रपति महिन्द्रा राजापाक्ष सबैभन्दा पहिला काठमाडौं आइपुगेका हुन्। 

माल्दिभ्सका राष्ट्रपति गैयुमलाई स्वागत गर्दै शिक्षामन्त्री चित्रलेखा यादव।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell