PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बुधबार राति तीर्थ हिँडेका नौ बस वीरगञ्जबाटै भारत प्रवेश



पर्सा : वीरगन्ज नाकाबाट नौ यात्रुवाहक बस र दुई वटा ट्र्याक्टर भारत प्रवेश गरेका छन्।
 
वीरगन्जको मितेरी पुलमा धर्ना बसेका आन्दोलनकारी कै सहमतिमा साँझ ७:४५ बजेको समयमा यात्रु बस र ट्र्याक्टर भारत प्रवेश गरेका हुन्।
 
भारत तीर्थ यात्रामा निस्केको ना३ख ७७९१, ना४ख १२८९, ना५ख ८१८, ना४ख ४११७, ना४ख ४४५१, ना२ख ४३५७, ना३ख २६६६, ना३ख ३२३१ र ना४ख ४२७० नं को बस तथा ना२ख ३२७८ र ना२च ६९१ नं को ट्र्याक्टर मितेरीपुलबाट भारत प्रवेश गरेका सीमा प्रहरी कार्यालय इनर्वाले जनाएको छ।
 
बसमा बोलबम कावरीया काफ्लाका ८०० तीर्थ यात्रु थिए भने ट्र्याक्टरमा १५० बोरा पिना रहेको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell