PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

​नारायणहिटीमा मारिएको १४ वर्षपछि बन्यो राजपरिवार सदस्यको शालिक, राष्ट्रपतिद्वारा अनावरण



​नारायणहिटीमा मारिएको १४ वर्षपछि बन्यो राजपरिवार सदस्यको शालिक, राष्ट्रपतिद्वारा अनावरण
राष्ट्रपति विद्यादेवी भण्डारी पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा सञ्चालित विश्व शान्ति पूजाको समुद्घाटन समारोहमा सहभागी हुँदै । तस्बिर : वासुदेव पौडेल, रासस

  • पहिलोपोस्ट -
काठमाडौँ :  राष्ट्रपति विद्या भण्डारीले १४ वर्षअघि नारायणहिटी दरबार हत्याकान्डमा मारिएका राजपरिवारका एक सदस्यको शालिक अनावरण गरेकी छिन्।

भण्डारीले आफू राष्ट्रपति भएपछि बुधबार गरेको पहिलो पोखरा भ्रमणको क्रममा कुमार खड्ग विक्रम शाहको शालिक  अनावरण गरेकी हुन्।

वीरेन्द्रपछि दोस्रो गोली खड्गलाई

२०५८ जेठ १९ गते नारायणहिटी दरबारमा आयोजित रात्रिभोजका क्रममा तत्कालीन युवराज दीपेन्द्रले चलाएको भनिएको गोलीबाट मारिएका नौ जनामध्ये एक कुमार खड्ग विक्रम शाह पनि थिए। उनी अधिराजकुमारी शारदाका पति थिए।

हत्याकान्डबारे छानबिन गर्न बनेको उच्चस्तरीय समितिको प्रतिवेदनमा तत्कालीन शाहज्यादा पारसले राजा वीरेन्द्रपछि पहिलो गोली नै कुमार खड्ग विक्रमलाई हानिएको बताएका थिए। प्रतिवेदन अनुसार घटना भएकै राति ९:३५ बजे सैनिक अस्पतालमा उनलाई मृत घोषित गरिएको थियो। 

पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय परिसरमा निर्मित शाहको अर्धकदको शालिकमा राष्ट्रपति भण्डारीले माल्यार्पण पनि गरेकी थिइन्। राससका अनुसार 'नेपालको पर्वतीय पर्यटनमा विशिष्ट योगदान गरेको' भन्दै शाहको शालिक संग्रहालय परिसरमा राखिएको हो।

पूर्व राजपरिवारका सदस्यसँगै राष्ट्रपतिले स्व. दावा नोर्बु शेर्पा र स्व. डा. हर्क गुरुङको प्रतिमा पनि अनावरण गरेकी थिइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell