PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

​टेलिकमको सेवामा समस्या छ? सञ्चारमन्त्रीलाई जिमेलमा इमेल गर्नुस्



​टेलिकमको सेवामा समस्या छ? सञ्चारमन्त्रीलाई जिमेलमा इमेल गर्नुस्

काठमाडौँ : नेपाल टेलिकमका सेवा, सुविधाबारे समस्या भए सिधै सञ्चारमन्त्रीलाई इमेल गर्न सकिने भएको छ।

नेपाल टेलिकमको १२ औं वार्षिकोत्सव कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले टेलिकमका कर्मचारीले गरेका ढिलासुस्ती वा अरु समस्याबारे [email protected] मा इमेल गर्न आग्रह गरे।  

टेलिकमको सेवाबाट जनताले दुःख पाएको भन्दै उनले दुई महिनाभित्र सुधार नगरे नयाँ ढंगले परिमार्जन गर्ने बताएका हुन्।

‘दुई महिनाभित्र जनताका गुनासा सम्बोधन नभए तेस्रो पक्ष ल्याएर काम कारबाही अगाडि बढाउँछौं,' मन्त्री राईले भने, 'यसमा जनताको लगानी रहेको छ, जनतालाई सञ्चारमा परेको समस्यालाई हामी आफैं समाधान गर्न सक्षम छौं र गर्नेछौं।’  
 
मन्त्री राईले टेलिकमले दिइरहेको सेवा जनताले महसुस गर्ने गरी सुधार गर्न पनि निर्देशन दिएका हुन्।

 'अहिले पुरानो शैलीबाट काम भइरहेको छ, राज्यको लगानी भएकाले जनताले टेलिकमलाई आफ्नै सोचेका छन्,' राईले भने, 'टेलिकमले जनतालाई सुविधा दिने गरी आफ्नो सेवा विस्तार गर्न सकेन।'
 

चार वर्षभित्र प्रत्येक गाउँमा अप्टिकल फाइबर

नेपाल टेलिकमले चार वर्षभित्र प्रत्येक गाउँमा अप्टिकल फाइबर पुर्‍याउने घोषणा गरेको छ। वार्षिकोत्सवको अवसरमा टेलिकमले ग्रामीण दूरसञ्चार कोषको रकम प्रयोग गरी दूरसञ्चार प्राधिकरणमार्फत प्रत्येक गाउँमा अप्टिकल फाइबर जोड्ने, देशमा इ-गभर्नेन्स र इन्टरनेट एजुकेसनका क्षेत्रमा काम अगाडि बढाउने योजना अघि सारेको हो।

'असारबाट फोर जी'

 नेपाल दूरसञ्चार प्राधिकरकणका अध्यक्ष दिगम्बर झाले असारबाट फोर जी सेवा सञ्चालनका लागि आवस्यक तयारी गर्न दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई आवस्यक तयारी अगाडि बढाउन निर्देशन दिएका छन्। 

झाले असारबाट फोर जी सेवा सञ्चालन गर्ने भनेपनि अहिलेसम्म सेवा प्रदायकले लाइसेन्स भने पाएका छैनन्। झाले नेपाल टेलिकमलाई ७२.६ मेगाहर्ज फ्रिक्वेन्सि दिए पनि त्यो अनुसारको काम गर्न नसेको बताएका छन्। उनले भने, 'हामीले दिएको फ्रिक्वेन्सी नचाहिए ओगटेर नबस्न आग्रह गर्दछु।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell