PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

दिप्तीको मोर्डन किराना कन्सेप्ट : दी फ्युजन अफ एडभेन्चर एन्ड कन्भिनियन्ट



दिप्तीको मोर्डन किराना कन्सेप्ट : दी फ्युजन अफ एडभेन्चर एन्ड कन्भिनियन्ट

  • विज्ञान अधिकारी/सुदर्शन सापकोटा -
काठमाडौं : बढ्दो सहरीकरण, व्यस्त जीवनशैली। गुणस्तरीय खाद्यान्न पाउने स्टोरहरुको कमी।

राजधानीमा रहेका ठूला डिर्पाटमेन्टल स्टोरदेखि घरनजिकै किराना पसल नभएका होइनन् तर ती ‘परफेक्ट’ छैनन्।

उपत्यकाका विभिन्न स्थानको ‘स्याम्पल सर्वे’ पछि दिप्ती राणा शाहलाई एउटा कन्सेप्ट फुर्‍यो, ‘मोर्डन किराना पसल’ जसले उपत्यकाका उपभोक्ताको ‘डिमान्ड’ पूरा गर्छ र सन्तुष्टि दिन्छ।  यो कन्सेप्टको सुरुवात झन्डै एक वर्षअघि भएको हो– ‘ननस्टप ३६५’ स्टोरबाट।

एक वर्षको अवधिमा ननस्टप ३६५ ले राजधानीका पाँच स्थानमा सञ्जाल विस्तार गरिसकेको छ। शङ्खमुल, गल्फुटार, वाफल, छाउनी र वालाजुस्थित भ्याली कोल्डस्टोरभित्र नन्स्टप ३६५ पुगिसकेको छ। अबको केही समयमा थप पाँच ठाउँमा सञ्चाल विस्तार हुने छ। बुद्धनगर, पुरानो वानेश्वरमा स्टोर राख्ने ठाउँ फेलापरिसकेको छ बाँकी तीन ठाउँ खोज्ने काम भइरहेको छ ।


‘हामीले सुरु गरेको मोर्डन किराना पसल हो। कन्जुमरलाई इन्डिभिज्युल एटेन्सन दिन सक्छौ,’ कम्पनीकी एक्जुकेटिभ भाइस प्रेसिडेन्ट शाहले भनिन्, ‘हामीले पर्सनल टच दिन्छौ र किराना पसलको जस्तै वार्गेनिङ समेत गर्न सकिन्छ।’ शाहका अनुसार कुनै पनि सामानको अधिकतम खुद्रा मूल्य (एमआरपी) तोकिए पनि उपभोक्ताले वार्गेनिङ गर्न सक्नेछन्।

‘हामीले धेरै स्टोरमा एमआरपी तोकेको सामान उठाउनुपर्ने बाध्यता हुन्छ। स्टोरले तोकेको मूल्यलाई आधार मानेर ल्याउनुपर्छ,’ उनले भनिन्, ‘यसले उपभोक्ताले वार्गेनिङ गर्न सक्दैनन्। तर हामीले एमआरपीमा समेत वार्गेनिङको अवसर दिएका छौं। यो तपाईको घरआँगनको जस्तै किराना पसलको कन्सेप्टमा तयार पारेका हौं। तर यहाँ धेरै च्वाइस हुन्छन् किराना पसलमा हुँदैनन्।’

डिपार्टमेन्टल स्टोरमा भाटभटेनी, विगमार्ट, सिजी मार्ट संचालनमा छन्। यी डिमार्टमेन्टल स्टोर स्थापित नाम हो। स्थापित डिर्पाटमेन्टल स्टोरसँग प्रतिस्पर्धा ठूलै छ।
 
‘डिर्पाटमेन्टल स्टोरमा टफ कम्पिटिसन छ। तर ठूला डिपार्टमेन्टल स्टोरमा ग्रसरीका सामान छान्न धेरै समय बिताउनुपर्छ। एक दिन वा आधा दिन गाडी लिएर जानुपर्ने बाध्यता छ,’ शाहले भनिन्, ‘तर हामीकहाँ छिटोभन्दा छिटो चाहिएको सामान किनेर लैजान सक्छन्। त्यो पनि अत्यन्तै सुलभ मूल्यमा दिन्छौं।’ डिपार्टमेन्टल स्टोरको रुपमा लैजान नखोजेको उनले बताइन्।

शाहले विदेशको ७/११ स्टोरको कन्सेप्टमा नन्स्टप ३६५ सुरु गरेकी हुन्। शाही नातेदार शाह राजबहादुर सिंहकी भान्जी पनि हुन्। दरवारमार्गमा सेन्ट्रल स्टोरबाट बाँकी स्टोरमा सामानहरु वितरण हुन्छ। शाह अहिले सेन्ट्रल स्टोर मिलाउनमा व्यस्त छिन्।

‘हामीकहाँ फूड, कफी र ग्रसरी सामानहरु पाइन्छन्,’ शाहले भनिन्, ‘ दिस इज द फ्युजन, एडभेन्चर एन्ड कन्भिनियन्ट स्टोर हो जहाँ उपभोक्ताले डिफरेन्ट फिल पाउँछन्।’

यो स्टोर अहिले विहान ६ बजेदेखि वेलुका १० बजेसम्म खुल्छ। उनीहरुले स्टोरलाई २४ घन्टानै खोल्ने योजना बनाएका थिए। तर सुरक्षाको कारण तत्काललाई योजना त्यागेको शाहले बताइन्।

‘हामीले २४ घन्टानै खोल्ने उदेश्य राखेका थियौं। तर प्रहरीले सुरक्षा दिन नसक्ने भनेकाले पछि हटेका हौं,’ उनले भनिन्, ‘सुरक्षा पाए काठमाडौंका उपत्यकामा २४ घन्टा खोल्न तयार छौं।’ स्टोरमा चार हजार सामाग्रीहरु छन्।

अनलाइन सपिङ मुख्य लक्ष्य

कम्पनीले अनलाइन सपिङलाई लक्षित गरेर आउटलेटहरु संचालन गर्न चाहेको छ। कम्पनीको फेब्रुअरी अन्तिमतिर वेटा भर्सन लन्च गरेर अनलाइन सपिङ समेत सुरु गर्दैछ। अनलाइन सपिङका लागि छुट्टै टिमै नै राखेको छ।

चिफ इन्फरमेसन अफिसर कुमार लोहियाले अनलाइन सपिङको काम हेरिरहेका छन्। ‘हामी केही समयभित्रै अनलाइन सपिङ सुरु गर्छौ। अहिले अनलाइन सपिङको ग्रोथको चरणमा छ,’ शाहले भनिन्, ‘हामीले यसलाई प्राइम फोकस गरेर काम गरिरहेका छौं। हाम्रो एप्स पनि निर्माण भइरहेको छ।’ शाहका अनुसार धेरै स्टोरमा होम डेलिभरी खोज्ने उपभोक्ता आएकोले अनलाइन सपिङको बजार प्रशस्त रहेको पाएका छौं।

‘अहिले पनि हाम्रो स्टोरमा होम डेलिभरीको लागि माग आउने गरेका छन् र हामीले दिइरहेका छौं,’ उनले भनिन्, ‘काठमाडौंको जीवनशैली धेरै व्यस्त भइसकेको छ। उपभोक्तासँग इन्टरनेटको सुविधा समेत भएकोले अनलाइन सपिङको लागि बजार प्रशस्त छ।’ अनलाइन सपिङलाई विश्वासिलो बनाउन नसकेर उपभोक्ता डराइरहेका छन्।


‘हामीले उपभोक्ताको ट्रस्ट लिन सक्यौ भने अनलाइन सपिङको ग्रोथ राम्रो हुन्छ। हामीले अनलाइन सपिङमा फ्रि डेलिभरी भन्छौं तर चार्ज गर्छौ भने उपभोक्ताले कसरी विश्वास गर्ने? शाह भन्छिन्,‘त्यसैले हामीले जे स्टोरमा मूल्य राख्छौं त्यही मूल्यमा सामान डेलिभरी गर्छौं। अरु कुनै हिडन चार्ज लगाउँदैनौं। उपभोक्ताले घरमा बसेर र स्टोर आएर जाँच्न सक्नेछन्।’ उनका अनुसार ई–कमर्सलाई प्रवर्नद्धन गरेर बजार विस्तारमा लाग्नेछौं।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell