PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

मुठभेड होइन आपसी एकता: अफगानी राष्ट्रपति घानी



मुठभेड होइन आपसी एकता: अफगानी राष्ट्रपति घानी

काठमाडौँ: अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानीले राजनीतिक र आर्थिकरुपमा यस क्षेत्रका जनतालाई सबल बनाउन यस क्षेत्रको ऊर्जाका स्रोतको सदुपयोग गर्न सामूहिक प्रयास गर्नुपर्नेमा जोड दिएका छन्।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औं शिखर सम्मेलनलाई आज बिहान सम्बोधन गर्दै उनले यस क्षेत्रका मुलुकहरुबीच एकापसका आर्थिक सम्बन्ध विस्तार हुनुपर्नेमा जोड दिए।

उनले मुठभेडबाट नभई आपसी सहकार्य र समन्वयबाट क्षेत्रीय विकासका लक्ष्यहरु हासिल गर्न पहल गर्नुपर्ने बताए। सार्क क्षेत्रीय समन्वयका लागि उपयुक्त मञ्च भएको धारणा राख्दै उनले भने, “यस क्षेत्रमा दूरसञ्चार, रेलमार्ग र हवाईमार्गको सम्पर्कबाट सार्क सदस्य मुलुकहरुलाई एकापसमा जोड्ने काम हुनुपर्दछ ।” उनले भने–‘‘पूर्वाधार विकास यस क्षेत्रको उन्नति र समृद्धिको पूर्व शर्त हो ।’’

सम्मेलनको नारा ‘शान्ति र समृद्धिका लागि गहन एकता’ सान्दर्भिक भएको उल्लेख गर्दै उनले यस नारालाई सार्थक बनाउन भ्रष्टाचार, अन्याय र कुशासन अन्त्यका सामूहिक प्रयास हुनुपर्छ भने। वर्तमान विश्वलाई विभिन्नखालका वाकयुद्ध र तनाबबाट मुक्त बनाउने काम सबैका लागि प्रमुख चुनौतीको विषय भएको उल्लेख गर्दै उनले आफ्नो मुलुकलाई अर्को कुनै राष्ट्रको विरुद्धमा उपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरे। -रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell