PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

सार्क सम्मेलनको उद्घाटन सत्र लाइभ हेर्न छुटाउनु भयो? हेर्नुस् रेकर्ड



सार्क सम्मेलनको उद्घाटन सत्र लाइभ हेर्न छुटाउनु भयो? हेर्नुस् रेकर्ड

काठमाडौँ : १८ औँ सार्क शिखर सम्मेलनको उद्घाटन आज बिहान काठमाडौँको राष्ट्रिय सभागृहमा भयो। उद्घाटन सत्रमा माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिन अब्दुल्ल गैयुमले आयोजक राष्ट्र नेपालका प्रधानमन्त्री सुशील कोइरालालाई अध्यक्षता हस्तान्तरण गरे।

सम्मेलन आयोजक राष्ट्रले अध्यक्षता ग्रहण गर्न सार्कको परम्परा छ।  

सबै सदस्य राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखको सम्बोधनपछि पर्यवेक्षकहरुले पनि सत्रमा सम्बोधन गरेका थिए।
 



शिखर बैठकले मन्त्रिपरिषद्को ३६ औँ बैठकले पारित गरेको प्रतिवेदनलाई अनुमोदन गर्‍यो। सदस्य राष्ट्रका परराष्ट्र/बाह्य मामिलामन्त्री सम्मिलित मन्त्रिपरिषद्ले पारित गरेको उक्त प्रतिवेदनलाई अनुमोदन गरिएको हो ।

सदस्य राष्ट्रका प्रमुख र पर्यवेक्षकहरुको सम्बोधनपछि प्रधानमन्त्री कोइरालाले मन्त्रिपरिषद्को उक्त प्रतिवेदन अनुमोदनका लागि प्रस्ताव गरेका थिए।

सार्क बडापत्रको प्रावधानअनुसार शिखर सम्मेलन सुरु हुनुअघि सदस्य राष्ट्रका विदेश सहसचिवस्तरीय कार्यक्रम समिति, सचिवस्तरीय स्थायी समिति र मन्त्रिस्तरीय मन्त्रिपरिषद्ले कार्यसूची पारित गरेपछि त्यसलाई राष्ट्राध्यक्ष/सरकार प्रमुखको शिखर सम्मेलनमा अनुमोदन गर्ने गरिन्छ।

सो अवसरमा सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले अठारौँ सार्क शिखर सम्मेलनको विशेष संस्मरणात्मक हुलाक टिकटमा प्रकाशनको प्रथम दिवसीय टाँचा लगाई सदस्य राष्ट्रका सबै राष्ट्राध्यक्ष/सरकार प्रमुखलाई प्रदान गरेका थिए। 

त्यसपछि, प्रधानमन्त्री कोइरालाले शिखर सम्मेलनको पहिलो दिनको उद्घाटनसत्र समापन भएको घोषणा गरे।

हेर्नुस् कार्यक्रमको भिडियो-
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell