PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

'फस्ट लेडी'का रुपमा सुजाताको यस्तो देखियो भूमिका



'फस्ट लेडी'का रुपमा सुजाताको यस्तो देखियो भूमिका
फोटोः पिजे क्लब।

काठमाडौं : १८ औँ सार्क शिखर सम्मेलनमा 'फस्ट लेडी' अर्थात प्रथम महिलाको भूमिका निभाएकी सुजाता कोइराला विशिष्ट अतिथिको स्वागत सत्कारमा दिनभर व्यस्त थिइन्।

प्रधानमन्त्री सुशील कोइरालाले 'फस्ट लेडी' सिफारिस गरेपछि सुजाता कोइरालाले सार्क राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुको स्वागत/सत्कारमा फस्ट लेडीको हैसियत पाएकी थिइन्।

सामान्यतया राष्ट्राध्यक्ष वा सरकार प्रमुखकी श्रीमतीलाई फस्ट लेडी भनिन्छ तर प्रधानमन्त्री सुशील कोइराला अविवाहित भएकोले उनले नेतृ सुजातालाई त्यो भूमिका दिएका हुन्।

प्रधानमन्त्री कोइरालाले सुजातालाई प्रथम महिलाका रूपमा सार्क सम्मेलनमा सहभागी गराउने निर्णय गरी सुजाताको नाम परराष्ट्र मन्त्रालयमा पठाएका थिए।

के हो फस्ट लेडी?

अमेरिकाका प्रथम राष्ट्रपति (सन् १७८९-१७९७) जर्ज वासिङ्टन कि पत्नी मार्था वासिङ्टनलाई 'बोस्टन कुरियर' पत्रिकाको एक लेखमा फस्ट लेडी भनिएको थियो। यो नै 'फस्ट लेडी' पद प्रयोगको पुरानो उदाहरण हो। यस्तै अमेरिकाका १२ औँ राष्ट्रपति जाच्रे टेलरले सन् १८४९ मा चौँथा राष्ट्रपति जेम्स मेडिसनकी श्रीमतीको अन्तिम संस्कारमा कविता वाचन गर्ने क्रममा फस्ट लेडी सम्बोधन गरेको उदाहरण भेटिन्छ।

अमेरिकी राष्ट्रपतिकी श्रीमतीलाई फस्ट लेडी भनिन्छ तर यो कुनै आधिकारिक पद भने हैन। अमेरिकी राष्ट्रपति र उनकी श्रीमतीलाई 'फस्ट कपल' भनिन्छ भने परिवारलाई फस्ट फ्यामिली। तर कतिपय देशमा भने यसलाई आधिकारिक पद पनि मानिन्छ।

श्रीमती नभएका तथा अविवाहित राष्ट्राध्यक्ष तथा सरकारप्रमुखले आफ्ना छोराछोरी वा अन्य आफन्तलाई यो भूमिका दिने चलन पनि छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell