PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

भ्यालेन्टाइन डेमा जिआर फाइभ हुवावेको नयाँ 'गिफ्ट'



भ्यालेन्टाइन डेमा जिआर फाइभ हुवावेको नयाँ 'गिफ्ट'

काठमाडौं : प्रणय दिवसलाई लक्षित गरी हुवावे ब्राण्डले आफ्नो सेवा विस्तार गर्दै जिआर फाइभ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ। 

ताम्राकार कम्प्लेक्सले बुधबार पत्रकार सम्मेलन गरी यही फागुन २ गते (फेब्रुअरी १४) मा विश्वभर मनाइने प्रणय दिवसलाई लक्षित गर्दै सो कम्पनीले स्थानीय बजारमा जिआर फाइभ मोडलको नयाँ स्मार्टफोन ल्याएको हो। 

न्युरोडका आधिकारिक विक्रेता टेली टु प्रालिका निर्देशक रोशन विष्टले हुवावे कम्पनीले ल्याएको जिआर ५ स्मार्टफोन नेपाली उपभोक्तालाई ध्यानमा राखेर ल्याइएको र यसमा उत्कृष्ट फिचरहरु राखिएको जानकारी दिए।

सो स्मार्टफोनमा ५.५ इन्चको एचडी एलसिडी आइपिएस डिस्प्ले राखिएको छ। १०८० एक्स १९२० पिक्सेल रिजोल्युसन भएको डिस्प्लेले उत्कृष्ट दृश्यहरु प्रयोगकर्तालाई प्रस्तुत गर्दछ। जिआर फाइभ स्मार्टफोनमा आफूलाई मनपर्ने फोटो खिच्नका लागि १३ मेगापिक्सेलको रियर क्यामरा राखिएको छ भने सेल्फीका लागि पाँच मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ। 

यो फोनमा क्वालकमको स्न्यापड्र्यागन ६१६ एमएसएम ८९३९ चिपसेट छ जसमा १.५ गिगाहर्जको एआरएम कोर्टेक्स ‘ए’ ५३ अक्टा कोर प्रोसेसर राखिएको छ। यसको अक्टा कोर प्रोसेसरले विभिन्न एप्स प्रयोग गर्दा तथा अन्य कार्यगर्दा द्रुतरुपमा गर्न सजिलो पार्दछ। 

हुवावेको जिआर फाइभ फोनमा २ जिबीको र्‍याम तथा १६ जिबीको इन्टरनल स्टोरेज रहेको छ, यसको स्टोरेज माइक्रो एसडीको सहयोगबाट बढाउन सकिन्छ। यसमा भएको ठूलो क्षमताको ¥याम र स्टोरेजले आफ्ना फोटो, डकुमेन्ट, भिडियो आरामसँग सेभ गर्न सकिन्छ। 

एन्ड्रोयडको ललीपप ५.१ भर्सनमा सञ्चालन हुने यो स्मार्टफोनमा तीन हजार एमएएचको ब्याट्री राखिएको छ। 

फोर जी सपोर्ट गर्ने फोनमा वाइफाई, ब्लुटुथ ४.१ भर्सन, युएसबी २.० भर्सनलगायतका कनेक्टिभिटी सपोर्ट गर्दछ भने जिपिएस, ग्लोनासलगायतका फिचरहरु उपलब्ध छन्। नेपाली बजारमा उच्च मध्यम अर्थात् हाई मिड रेन्जमा रहेको यो स्मार्टफोनको मूल्य ३४ हजार रुपैयाँ तोकिएको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell