PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

'भ्यालेन्टाइन्स डे' का लागि ७ हट एप्स



'भ्यालेन्टाइन्स डे' का लागि ७ हट एप्स

भ्यालेन्टाइन्स डे नजिकिँदै छ। केही जोडिहरु एकअर्कासँग व्यस्त छन् भने कोही भने पार्टनरको खोजीमा छन्। पार्टनर नहुनेहरु हैरान भएका पनि हुनसक्छन्। जोडी नहुनेका लागि मोबाइलका केही एप्स उपलब्ध जसले जोडी जुराउन सक्छ :
 

ओकेक्युपिड

ओकेक्युपिड नामको यस एपमार्फत तपाईँ ले आफ्नो सम्भावित पार्टनरको प्रोफाइल हेर्नसक्नुहुन्छ। तपाईँले फोटो हेरेर या तिनको बारेमा जानकारी लिएर आफ्नो रोजाईको पार्टनर पत्ता लगाउन सक्नुहुन्छ।
 
यस एपमा प्रोफाइल बनाएर तपाईँले आफ्नो पनि जानकारी दिनुपर्छ। ‌एपको फ्रि प्लान अनुसार तपाईँले थोरै मानिससँगमात्र च्याट गर्न सक्नुहुन्छ। त्यसैले सोचबुझ गरेर मात्रै मेसेज पठाउनुहोला।
 

टिंडर

यो संसारको चर्चित डेटिङ एप मध्यको एक हो । टिंडरमा अन्य प्रयोगकर्ताको प्रोफाइलहरु चेक गर्न मिल्छ। तपाईँले जसको प्रोफाइल लाइक गर्नुभयो तिनले पनि तपाईको प्रोफाइल लाइक गर्‍यो भने एकअर्काबीच कुरा गर्न सकिन्छ। यो एपले फेसबुकबाट प्रयोगकर्तालाई भेरिफाइ गर्छ।
 

वू फभि

वू फभि म्याचमेकिङ एप हो। यसबाट तपाईँले आफूजस्तै मानिस भेट्टाउन सक्नुहुन्छ। तपाईँले सम्भावित पार्टनरको प्रोफाइल चेक गरेर उसको मनपर्ने र मन नपर्ने कुराहरु पत्ता लगाउन सक्नुहुन्छ। यस बाहेक प्रयोगकर्तालाई सम्भावित पार्टनरलाई तत्काल लाइक गर्न या केही बेर पर्खने मौका मिल्छ। ट्याग सर्च फिचर र रमाइला प्रश्नको जवाफ दिएर पनि आफ्नो लागि पार्टनर खोज्न सक्नुहुन्छ।
 

ट्रुलीम्याड्ली

ट्रुलीम्याड्ली पनि डेटिङका लागी चर्चित एप हो। यसले पावरफुल फिल्टर्स मार्फत् तपाईँका लागि पार्टनरको खोजी गर्छ। यो एप अत्यन्त सुरक्षित छ। यसले फेसबुकबाट भरिफाइ भएपछिमात्र तपाईँका लागी पार्टनर खोज्छ।
 

बंबल

यो एउटा रोमाञ्चक एप हो। यसमा महिलाले मात्र मनपरेको पुरुषलाई पार्टनरसिपका लागी पहल गर्नसक्छन्। प्रयोगकर्ताले आफ्नो पार्टनरलाई २४ घण्टाभित्र मेसेज गर्नुपर्छ। नत्र प्रयोगकर्ताले मौका गुमाउनेछन्। प्रत्येक दिन नयाँ कनेक्सन बनाउने मौका मिल्छ। यसमा भाइब नामको फिचर पाइन्छ। जसकारण पार्टनर खोज्ने सम्भावना बढ्छ।
 

हट अर नट

हट अर नट यस्तो एप हो जसबाट तपाईँले आफ्नो हट पार्टनर पत्ता लगाउन सक्नुहुन्छ। यसका लागि फेसबुकमार्फत राम्रो फोटो प्रयोग गरी साइन इन गर्नुपर्छ। एपले तपाईँको मोबाइल नम्बर माग्छ र आसपासका मानिसहरुमा मेसेज पठाउन अनुमति माग्छ। यसरी तपाईँले हट पार्टनर पत्ता लगाउन सक्नुहुन्छ।

हिच

हिच यस सूचीको अन्तिम एप हो। यस एपमार्फत तपाईँले नजिकका पार्टनर खोज्न सक्नुहुन्छ। तपाईँले नयाँ मानिसहरुसँग भेटेर कुरा गर्न सक्नुहुन्छ। तपाईँको रुचीको आधारमा यसले पार्टनर सुझाउँछ। एपले सुझाएको व्यक्तिसँग तपाईँले सजिलै च्याट गर्नसक्नुहुन्छ। साथै तपाईँले प्राइभेट मोडमा पनि सिफ्ट गर्नसक्नुहुन्छ। यसरी केही प्रोफाइल लुकाउन सकिन्छ। 

यो सामग्री टाइम्स अफ इन्डियाबाट लिइएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell