- पहिलोपोस्ट -
विद्यार्थी नेतृ मानुषीको तनहुँका जेकेन्द्र श्रेष्ठसँग विवाह हुन लागेको हो। सानेपास्थित भट्टराई निवासमा मानुषी र जेकेन्द्रको सामान्य समारोहबीच विवाह सम्पन्न गर्ने परिवारको तयारी छ।
वरबधुलाई शुभकामना दिन नयाँ शक्तिका केही शीर्ष नेता र अन्य दलका शीर्ष नेतालाई निम्तो पठाइएको छ। तर निम्तोका लागि भट्टराई परिवारले कार्ड भने छापेको छैन। समारोहमा ठूलो विवाहभोज गर्ने परिवारको तयारी छैन। श्रोतको दाबी अनुसार जन्ती र माइतीपक्षलाई चिया बिस्कुट खुवाउने तयारी छ।
जेकेन्द्र (बायाँ) र मानुषी (दायाँ)।
को हुन जेकेन्द्र?
भट्टराई परिवारको ज्वाइँ र मानुषीको जीवनसाथी हुन लागेका जेकेन्द्र एमाओवादी नफुट्दासम्म यसको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य थिए। डा. बाबुराम भट्टराईसहितका नेताहरु एमाओवादी परित्याग गरी नयाँ शक्ति निर्माण अभियानमा लागेपछि उनी पनि संगठनबाट नयाँ शक्ति निर्माणमा हिँडेका थिए।तनहुँ स्थायी घर भएका जेकेन्द्र त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा क्रान्तिकारीका अध्यक्ष पनि थिए। त्यसैताका मानुषी त्रिविमा पढ्थिन्। उनी त्रिविबाटै स्वतन्त्र विद्याथी युनियन चुनाव जितेर सचिव भएकी थिइन्।