PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

​अखिलको निर्वाचन प्रकृया सुरु, चुनाव भोलि



​अखिलको निर्वाचन प्रकृया सुरु, चुनाव भोलि

काठमाडौँ : नेकपा (एमाले)को भातृ सङ्गठन (अनेरास्ववियु) को २२ औँ राष्ट्रिय सम्मेलनमा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ।
 
निर्वाचन प्रक्रियाअन्तर्गत मतदाताको अन्तिम नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दाबी विरोध तथा उम्मेदवारी फिर्ता लिने प्रक्रिया हुनेछ। मतदान प्रक्रिया भने मङ्गलबारबाट हुने बताइएको छ।
 
निर्वाचन प्रक्रिया सुरु हुनु अगाडि पार्टीका सचिव गोकर्ण विष्टको संयोजकत्वमा बसेको बैठकले निर्वाचन प्रभावित पार्ने गरी प्रचार गर्न नपाइने, विवादका विषयलाई निर्वाचन कमिटीले आपसी समझदारीबाट टुङ्गो लगाउने निर्णयसमेत गरेको सचिव राधिका खतिवडाले जानकारी दिए।
 
निर्वाचनलाई व्यवस्थित बनाउन सम्मेलनमा सहभागी प्रतिनिधिका लागि परिचयपत्र वितरण तथा व्यवस्थापनको कार्य समेत पूरा भएको छ।
 
प्रज्ञा प्रतिष्ठानमा आजसम्म कार्यक्रम स्थल लिइएकामा भोलि हुने मतदानको कार्य पनि सोही प्रतिष्ठानको परिसरमा गर्नका लागि व्यवस्था मिलाइएको छ।
 
सङ्गठनको नेतृत्वका लागि मङ्गलबार बिहानबाट मतदान प्रक्रिया सुरु हुने सङ्गठनका प्रवक्ता आरसी लामिछानेले जानकारी दिए।
 
गत बिहीबारदेखि सुरु भएको सम्मेलन विवादका कारण मङ्गलबारसम्म लम्बिएको छ। सम्मेलनमा देशभरबाट एकहजार ५०० प्रतिनिधि सहभागी हुनेछन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell