PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

क्षेत्रीय फोरममा नेपालको कुशल नेतृत्व स्थापित भएको परराष्ट्र मन्त्रीको दाबी



क्षेत्रीय फोरममा नेपालको कुशल नेतृत्व स्थापित भएको परराष्ट्र मन्त्रीको दाबी

  • पहिलोपोस्ट-
काठमाडौ: परराष्ट्र मन्त्रालयले सार्क शिखर सम्मेलन सफल भएको दाबी गरेका छन्। परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले शुक्रवार पत्रकार सम्मेलन गरेर व्यवस्थापकीय दृष्टिले तथा 'डकुमेन्टेसन' को पक्षबाट पनि सार्क सम्मेलन सफल भएको दाबी गरेका हुन्। 

पत्रकार सम्मेलनमा मन्त्री पाण्डेले नेपालले बिमिस्टेकको अध्यक्षता ग्रहण गरेको, सार्कको अध्यक्ष निर्वाचित भएकोले क्षेत्रीय फोरममा नेपालले कुशल नेतृत्व स्थापित भएको बताए। 

कतिपय देशहरुको आन्तरिक कानुनी प्रक्रिया पुरा गर्नुपर्ने भएकाले सडक र रेल्वे कनेक्टिभिटीको सहमति हुन नसकेको मन्त्री पाण्डेले बताए। तर उर्जा सम्बन्धि सम्झौता हुनु उपलब्धिपूर्ण भएको पाण्डेले तर्क गरे। 

सार्कका समझदारीहरु कार्यान्वयन नहुनुमा कतिपय देशका आन्तरिक र पारस्परिक सम्बन्धमा रहेको चिसोपन मुख्य कारण भएको पाण्डेले बताए।

काठमाडौँमा भएको शिखर सम्मेलनले छर्लङ्ग उज्यालो मात्र नभई न्याय हुने गरी घाम लागेको उनको भनाइ थियो। 

नेपालको तीन खम्बे अर्थनीतिमा समेटिएको सहकारीलाई क्षेत्रीय स्तरमा प्रवद्धन गर्न सफल हुनु, सन् २०१६ लाई 'सार्क इयर अफ कल्चरल टुरिज्म' को रुपमा मनाउने निर्माण हुनु, बेरोजगारी समस्यमा ध्यान जानु सार्कको सफलता भएको पाण्डेको दाबी छ। 

'यसपटकको सार्कले विगतमा जस्तो शिक्षामा ध्यान दिने मात्र भनेको छैन', मन्त्री पाण्डेले भने, 'गुणस्तरीय शिक्षा, प्रविधियुक्त शिक्षा, शिक्षणको प्रकृतिमा सुधार गर्ने लगायतका पक्षमा ध्यान दिने विषय उठ्नु सुखद हो।'

सार्क राष्ट्रहरुमा आन्तरिक प्रजातन्त्रमा रहेको खतरा अन्त्य गर्न सार्क सम्मेलनले कदम चालेको पाण्डेले बताए। 'सार्क मुलुकका प्रजातन्त्रमा कुशासन र भ्रष्ट्राचारका समस्या छन्,' उनले भने, 'सन् २०१५ मा सहश्राब्दी विकास लक्ष्य पछिको क्षेत्रीय स्तरमा सहयोग पुर्‍याउने लक्ष्य राखेका छौँ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell