PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

इन्टरनेट चलाउनेलाई मात्र मान्ने हो भने मानचित्रबाट हराउनेछन् धेरै देश



इन्टरनेट चलाउनेलाई मात्र मान्ने हो भने मानचित्रबाट हराउनेछन् धेरै देश

अनलाइनमा रहेका मानिसका आधारमा मुलुकको आकार कत्रो छ भनेर हेर्ने हो भने विश्वको रुप कस्तो हुन्छ होला ? विश्वको कूल जनसंख्याको एक तिहाईमात्र इन्टरनेटको पहुँचमा छ, त्यसैले इन्टरनेट नहुने धेरै मुलुक नक्साबाटै गायव हुनसक्छन्। नाइजेरिया र इजिप्टबाहेक अफ्रिका खुम्पचिनेछ जबकि जर्मनी, फ्रान्स र बेलायत विस्तारिनेछन्।  

चीन र भारत धेरै जनसंख्या भएकाले मानचित्रमा देखिनेछन् तै पनि यी दुई देशको जनसंख्याको सानो हिस्सामात्रै इन्टरेट चलाउँछन्।
अक्सफोर्ड युनिभर्सिटीको इन्टरनेट इन्स्टिच्युटले विश्व बैंकको तथ्याङ्कका आधार जारी गरेको भिजुअलाइजेसनले माथि देखिएको दृष्य तयार पारेको हो। इन्टरनेट मानचित्रले एसियासँग १ अर्ब २४ करोड जनसंख्या इन्टरनेटका प्रयोगमा रहने देखाउँछ जुन विश्वको इन्टरनेट चलाउने जनसंख्याको आधा हो।

चीन विश्वमा सबैधन्दा धेरै इन्टरनेट प्रयोगकर्ता भएको मुलुक हो। यहाँका ६० करोड मानिस इन्टरनेटमा छन्। त्यसपछिको दोस्रो स्थानमा ५ अमेरिका जहाँ २७ करोड मानिस इन्टरनेट चलाउँछन्। भारतमा यो संख्या १९ करोड र जापानमा ११ करोक्ष रहेको छ।

युरोप, उत्तर अमेरिका र आसियानभन्दा बाहिर रहेका जम्मा ५ मुलुक छन् जसका कूल जनसंख्याको ८० प्रतिशत इन्टरनेटसँग जोडिएका छन्। जापान, दक्षिण कोरिया, बहराइन, कतार र संयुक्त अरब इमिरेट ती मुलुकको सूचीमा पर्छन्।

यो तस्बिरमा मुलुकको इन्टरनेट प्रयोगकर्तालाई मुलुकको आकारमा असर नपर्ने गरी तयार पारिएको छ।
स्रोत वर्ल्ड इकोनोमिक फोरम
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell