PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

अमिताभ बच्चनको निधनको हल्ला सोसल मिडियामा फैलियो



अमिताभ बच्चनको निधनको हल्ला सोसल मिडियामा फैलियो

नयाँ दिल्ली : बलिउड सुपरस्टार अमिताभ बच्चनको निधन भएको हल्ला भारतमा हिजो व्यापक फैलिएको छ। भारतमा एकदमै चलेको ह्वाट्सएपमा अमिताभ बच्चनको फेक फोटोसहित यो हल्ला फैलिएको थियो। 

हल्लामा मंगलबार ११ बजे बच्चनको निधन भएको दावी गरिएको छ। 

बच्चन सकुशल रहेको खबर भारतीय मिडियाले दिएका छन्। उनको निधनको हल्ला फैलिएको यो पहिलो घटना हैन। सन् २०१२ र पोहोर पनि यस्तै हल्ला फैलिएका थिए। 

बच्चन आफैले हिजो ट्विट गरी यो हल्लालाई गलत साबित गरिसकेका छन्। उनले आफू बिरामी रहेको र आराम गर्दै रहेको भने बताएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell