PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

फेसबुकमा लाइक गन्ने बानी छ? थपिए यस्ता पाँच विकल्प



फेसबुकमा लाइक गन्ने बानी छ? थपिए यस्ता पाँच विकल्प

  • पहिलोपोस्ट-
काठमाडौं : फेसबुकमा फोटो पोस्ट गरेपछि लाइक गन्ने बानी छ? कतिजनाले आफ्नो फोटो वा स्टाटसलाई लाइक गरे भनेर हेर्ने बानी छ भने अब तपाईँले बानी परिवर्तन गर्न जरुरी छ। फेसबुकले लाइक बटनलाई परिवर्तन गरेको छ र 'रियाक्सन' हरु थपेको छ। 

एकछिनलाई मान्नुस् कतै दुर्घटना भयो। कसैले दुर्घटनाको फोटो फोस्ट गर्‍यो। वा मान्नुस् कुनै साथीले म त बिरामी भएँ भन्दै स्टाटस ठोक्यो भने यस्तो दुखद् कसरी लाइक गर्ने? अब चिन्ता नगर्नुस् फेसबुकले कस्टुमाइज गरेको लाइक बटनमा दुख व्यक्त गर्ने 'स्याड' अप्सन छ।

फेसबुकमा कसैले गरेको कुरा मन परेकै छैन के गर्ने? अनलाइनक गर्न त मिल्दैन। अब रिसाएको भाव देखाउन तपाईँसँग विकल्प छ 'एंग्री'।

फेसबुकका मुख्य तीन फिचर लाइक, कमेन्ट र सेयर मध्ये लाइक बटनमा जानुभयो भने यसमा विभिन्न पाँच विकल्प दिइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell