PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

साताभरमा सुन पाँचसय महँगो



साताभरमा सुन पाँचसय महँगो
फोटो: bullionstreet.com

काठमाडौं: साताभरमा सुनको भाउ पाँच सय रुपैयाँले बढेको छ। साताको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलाको आठसय रुपैयाँ महँगो भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ तोलाको ५६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। विहिबार सुनको भाउ तोलाको ५५ हजार सात सय रुपैयाँ पुगेको थियो। साताको सुरुवातमा सुनको भाउ तोलाको पाँच सय रुपैयाँले घटेको थियो। सोमबार सुनको भाउ स्थिर रह्यो। साताको तेस्रो दिन मंगलबार सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो। साताको चौथो दिन बुधबार सुनको भाउ एक हजार रुपैयाँले घट्यो। त्यसपछि ओरालो लागेको सुनको भाउ अन्तिम दिनमा बढ्यो।

महासंघका अनुसार आइतबार सुनको भाउ ५६ हजार रुपैयाँमा किनबेच भएको थियो। मंगलबार सुनको भाउ तोलाको ५६ हजार पाँच सय रुपैयाँ पुगेको थियो भने बुधबार ५५ हजार पाँच सय रुपैयाँ पुगेको थियो।

चाँदीको भाउ फेरि सात सय २५ रुपैयाँ पुगेको छ। साताको सुरुवातमा दस रुपैयाँले घटेको चाँदीको मुल्य त्यसपछि ओरालो लागेको थियो। विहिबार स्थिर रहेको चाँदीको भाउ शुक्रबार भने दस रुपैयाँले बढेको छ। महासंघका अनुसार शुक्रबार चाँदीको भाउ तोलाको सातसय २५ रुपैयाँमा कारोबार भइरहेको छ। विहिबार चाँदीको भाउ तोलाको सात सय १५ रुपैयाँ पुगेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell