PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

एक करोडभन्दा बढी रुपैयाँ खर्च हुने गरी ​कांग्रेसको मेसमा के के पाक्छ?



एक करोडभन्दा बढी रुपैयाँ खर्च हुने गरी ​कांग्रेसको मेसमा के के पाक्छ?

  • पहिलोपोस्ट-
काठमाडौं  :  नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा देशभरीका प्रतिनिधिहरुलाई बिहीबार साँझदेखि महाधिवेशन स्थलमा नै खानाको व्यवस्था गरिएको छ। बिहीबार साँझदेखि महाधिवेशन अवधिभरी उनीहरुलाई भृकुटीमण्डपभित्रको सामुहिक मेसमा नै खानाको व्यवस्था गरिएको छ। बिहान चिया र नास्ता अनि  दिउँसो र बेलुका खाना खाएपछि महाधिवेशन प्रतिनिधिहरु सुत्न मात्र होटलमा जानेछन्।
 
महाधिवेशन प्रतिनिधिले बिहानमा चियाको साथमा पुरी, तरकारी जलेबी अण्डा , चना, जाम पाउरोटी, चना मटर खाने ब्यवस्था गरिएको छ। खानेकुरा दिनदिनै बेग्लाबेग्लै पाक्नेछन्। त्यस्तै खानामा हरेक छाकमा कांग्रेस प्रतिनिधिले खसी र कुखुराको मासु पाउनेछन्। महाधिवेशनको ४ दिनको अवधिमा २ छाक माछाको परिकारको ब्यवस्था गरिएको छ।  



यी परिकारहरु सबै भृकुटीमण्डपको फनपार्क नजिकै रहेको कांग्रेसको मेसमा दिनभरीजसो नै खाना पकाउने चहल पहल भइरहेको हुन्छ। देशभरीका ३ हजार बढी प्रतिनिधिका लागि दिनमा मासु मात्र ५ सय किलो चाहिने भएकाले दिनमै २५ वटासम्म खसी काटिने मेसमा काम गर्ने एक कामदारले बताए।

खानामा दाल, भातसँगै २ थरी तरकारी, साग,सलाद र नानरोटीपनि राखिएको छ। कांग्रेसले २० गते पहिलो दिनको खानामा ४८ लाख ७५ हजार रुपैयाँ, २१ देखि २३ गतेसम्म ५१ लाख ११ हजार रुपैयाँ गरी १ करोड २ लाख ८६ हजार रुपैयाँ खर्च हुने कांग्रेसको अनुमान छ।  



कांग्रेस महाधिवेशन प्रतिनिधिहरुलाई सुत्नका लागि भने काठमाडौंको सुन्धारा, गौशाला, बागबजार र ठमेलका १ सय २७ होटलका १ हजा २ सय ४१ वटा कोठा बुकिङ गरेको छ। होटलमा २२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। 





 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell