PahiloPost

Sep 21, 2026 | ५ असोज २०८३

​यी हुन् डाक्टर र इन्जिनियर जो कांग्रेस महाधिवेशनमा भोट हाल्दैछन्



​यी हुन् डाक्टर र इन्जिनियर जो कांग्रेस महाधिवेशनमा भोट हाल्दैछन्

काठमाडौँ :  नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको मान्यता पाएका चिकित्सक र इन्जिनियरको संस्थाबाट पनि महाधिवेशन प्रतिनिधि चुनिई मतदान गर्ने अधिकार प्राप्त भएको छ।

नेपाली कांग्रेसले आफ्नो नीति तथा सिद्धान्तसँग मेल खाने र प्रत्यक्ष रुपमा पार्टीको मातहतमा रहने संघ संगठनलाई भ्रातृ संस्था मानेको छ भने आफूसँग आवद्ध नभएका तर कांग्रेसको नीतिसँग मेल खाने संघसंगठनलाई सुभेच्छुक संस्था मानेको छ। त्यसमा शिक्षकदेखि प्राध्यापक, वकिल, पत्रकार, इन्जिनियर, डाक्टरसहितका संगठन जोडिएका छन्।

महाधिवेशन प्रतिनिधि भएका चिकित्सकहरुमा प्रजातन्त्रवादी चिकित्सक संघका तर्फबाट डा. मुक्तिराम श्रेष्ठ, डा. चोपलाल भुसाल, डा. अन्जनी कुमार झा र डा. नमराज शर्मा पन्डित रहेका छन्।

त्यस्तै गरी इन्जिनियरहरुका तर्फबाट नेपाल प्रजातन्त्रवादी इन्जिनियर एसोसिएसनका प्रा डा ई जीवराज पोखरेल, ई. रमेश कार्की, ई. सरोज देवकोटा, ई. दिनेश भट्ट र ई. शालिग्राम सिंह महाधिवेशन प्रतिनिधि चुनिएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell