PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

पतिको हत्या भएपछि राजनीतिमा आएकी सीतादेवीको यस्तो छ सफलताको कथा



पतिको हत्या भएपछि राजनीतिमा आएकी सीतादेवीको यस्तो छ सफलताको कथा

  • सविन मिश्र/पहिलोपोस्ट -
काठमाडौँ : २०५६ सालमा सिराहाका जिल्ला सभापति थिए – चन्द्र नारायण यादव। तर तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले उनको हत्या गरे। 

पतिको हत्या भएपछि सीतादेवी यादव सिराहाको राजनीतिमा आइन्। त्यतिबेलासम्म उनको नाम कमैले सुनेका थिए। तर २०५७ सालमा राजनीतिमा हाम फालेकी सीतादेवीले पछाडि फर्कनु परेन।

उनले सिराहा जिल्ला सभापति पदमा दुई दुइ पटक विजय हात पारिन्। उनी १२ औँ महाधिवेशनमा जिल्ला सभापति जित्ने एक मात्र महिला थिइन्।


त्यतिमात्रै होइन संविधानसभा निर्वाचनमा सिरहा क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष तर्फ उनले जीत हात पारिन्। अधिकांश समय सेतो पहिरनमा देखिने सीतादेवी संसदमा कम बोल्छिन्। सिराहा त्यही जिल्ला हो जहाँ प्रचण्ड निर्वाचन लड्न पुगेका थिए। भलै प्रचण्ड क्षेत्र नं ५ बाट विजयी भएका थिए।

मधेस आन्दोलनक क्रममा ३ असोजमा मधेसी मोर्चाका कार्यकर्ताले लाहानमा रहेको उनको घर जलाईदिए। 

१३ औँ महाधिवेनमा कांग्रेस संस्थापनबाट कोषाध्यक्षको उम्मेदवार टुङ्गो लागेको थिएन। संस्थापनबाट आकांक्षी रहेका  फरमुल्लाह मन्सुर शेरबहादुर देउवा प्यानलमा गए। देउवा पक्षले कोषाध्यक्षमा चित्रलेखा यादवलाई नै दोहोर्‍याएपछि संस्थापन पक्षलाई पनि मधेस र महिलाको प्रतिनिधित्व हुने गरी पदाधिकारीमा कोषाध्यक्षको उम्मेदवारको आवश्यकता थियो।

ठिक त्यही बेला सीतादेवीलाई कांग्रेस संस्थापनले उम्मेद्वार बनाउने निर्णय गरेको थियो। जुन निर्णयलाई सीतादेवीले अन्तत : सही सावित गरिन्।

(यसअघिको शीर्षकमा असावधानीवश अन्यथा अर्थ लाग्ने 'हत्या गरेपछि' भएकोमा सच्याउँदै 'हत्या भएपछि' बनाइएको छ- पहिलोपोस्ट) 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell