PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य विशेष कार्यक्रम



युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य विशेष कार्यक्रम

  • पहिलो पोस्ट ​
काठमाडौं: यौन तथा प्राजनन स्वास्थ्यको महत्व र त्यस विषय सँग जोडिएका अधिकारहरुलाई सम्बोधन गर्न आज माइ बडी माइ राइट्स नामक जानकारी मुलक कार्यक्रम सम्पन्न भएको छ।

शारीरिक अवस्था र यौनसँग सम्बन्धित अधिकारका विषयलाई माथि उठाउनु कार्यक्रमको उद्देश्य थियो। कार्यक्रम डाइनामिक युथ नेट्वर्क र मेरी स्टोप्स नेपालले संयुक्त रुपमा आयोजना गरेको हो। युवावस्थामा यौन बारे उठ्न सक्ने जिज्ञासा, देखिने यौन समस्या र हरेक युवाले उपयोग गर्न पाउने आफ्नो यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे चर्चा गरिएको थियो।
 
मेरी स्टोप्स नेपालकी स्वय‌म सेवक दिपा प्रधानले परिवार नियोजनका साधन, त्यसको महत्व, प्रयोग गर्ने तरिका साथै फाइदा बेफाइदाबारे जानकारी दिएकी थिइन्। उनले भनिन्, 'परिवार नियोजनका साधन साथै यौन स्वास्थ्य सेवा को अधिकार सबैमा हुन्छ तर यो कुराको चेतना धेरै कम युवामा रहेको छ ।' परिवार नियोजनका साधनबारे कम जानकारी र प्रयोगका कारण हरेक महिना किशोरीहरु गर्भपतनका लागि आउने गरेको उनले बताइन्।
 
त्यस्तै मेरी स्टोप्स नेपालकी स्वय‌म सेवक मिनु सुजाखुले कार्यक्रममा उपस्थित युवाहरुका लागि वातावरण सहज र रमाइलो बनाउन परिवार नियोजनका साधनहरु सम्बन्धि केहि प्रश्न सोधिन्। सही र राम्रो उत्तर दिने सहभागिका लागि पुरस्कारको पनि व्यवस्था गरिएको थियो। 
 
डाइनामिक युथ नेटवर्काका संयोजक अज्ञात लुईटेलले भने, 'धेरैलाई यौन तथा प्रजानन स्वास्थ्यबारे थाहा छ तर योसँग जोडिएका अधिकारहरु बारे थाहा छैन । त्यसैले पनि यो विषयको महत्व बुझेर यो कार्यक्रम आयोजना गरेका हौं।' सहभागी दिपिका जम्कटेलले यौनबारे खुलेर बोल्न पनि हिच्किचाउने युवा जमातका लागि  कार्यक्रम महत्वपूर्ण भएको बताइन्।
कार्यक्रममा मेरी स्टोप्स नेपालकी एएनएम काउन्सलर पवित्रा कोइरालाले यौन समस्या र त्यसलाई समाधान गर्ने उपायबारे जानकारी दिएकी थिइन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell