PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

​टेलिकमले ल्याउँदैछ डाटा सेन्टर, सरकारी र बिजनेस हाउसले कसरी लिन सक्छन् फाइदा ?



​टेलिकमले ल्याउँदैछ डाटा सेन्टर, सरकारी र बिजनेस हाउसले कसरी लिन सक्छन् फाइदा ?

  • उमेश पौडेल/पहिलोपोस्ट-
काठमाडौं : सरकारी तथा निजी क्षेत्रका तथ्यांकलाई एकीकृत रुपमा सुरक्षित राख्न नेपाल टेलिकमले डाटा सेन्टर सञ्चालनमा ल्याउने भएको छ। यसका लागि टेलिकमले टेण्डर आह्वान गर्ने तयारी गरिरहेको छ।

प्राविधिक अध्ययन सकिसकेको र छिट्टै नै टेण्डर गरी स्थापना गरिने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्। 'हामी यसबारे छिट्टै नै टुङ्गोमा पुग्छौं,' वैद्यले भनिन् 'अध्ययनको चरण सकिइसकेको छ, टेन्डरको तयारीमा छौं।'

टेण्डर प्रक्रिया नसकिएकाले लागत भने सार्वजनिक गरिएको छैन। टेलिकमले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमा पनि डाटा सेन्टर सञ्चालनका लागि काम अगाडि बढाउने उल्लेख गरेको थियो। टेलिकमले सञ्चालनमा ल्याउने डाटा सेन्टरमा उच्च प्रविधियुक्त अप्टिकल फाइबर केबल र अहिलेसम्मकै नयाँ प्रविधि प्रयोग हुनेछ।

टेलिकमले फाइबरसँगै क्लाउडमा आधारित मोडलको पनि सेवा दिने तयारी गरेको छ। ‘हामी कम्प्लिट सोलुसन दिने तयारीमा छौं,’ टेलिकमका सह-प्रवक्ता डिल्लीराम अधिकारीले भने, ‘व्यावसायिक रुपमा जाने भएपछि सबै सेवा दिनेगरी नै आउछौं।’

के हो डाटा सेन्टर?

डाटा सेन्टर एक केन्द्रिकृत डाटा भण्डार हो। जसमा सरकार, व्यक्ति अथवा कुनै कम्पनीले आफ्नो डाटा (तथ्याङ्क) सुरक्षित राख्न एक विशेष डिभाइस राखिएको हुन्छ। डाटा सेन्टर फिजिकल र क्लाउडमा आधारित तथा सम्पूर्ण रुपमा क्लाउडमा मात्रै आधारित गरी दुई किसिमका हुन्छन्। फिजिकल डाटाबेस सेन्टरमा आफ्ना महत्वपूर्ण डाटालाई कतै लिकेज नहोस् भनेर सुरक्षित राखिन्छ। क्लाउडबेस्ड डाटासेन्टरले पनि प्रयोगकर्तालाई डाटासँग सम्बन्धित कामका लागि सेवा दिन्छ। यो सेवा सुरक्षित पनि मानिन्‍छ।

सरकारी र निजी व्यवसायिक संस्थाले आफ्ना डाटा सुरक्षित राख्न आफ्नो स्पेस अपर्याप्त भएपछि डाटा सेन्टरको प्रयोग गर्छन्। डाटा सेन्टर सञ्चालकले निश्चित शुल्कमा उनीहरुले मागे अनुसारको स्पेस दिन्छन्।

अहिले कस्तो छ डेटा व्यवस्थापन?

नेपाल सरकारका डाटा सुरक्षित राख्न सिंहदरबारभित्र राष्ट्रिय सूचना प्रविधि केन्द्र छ, जहाँ नेपाल सरकारका प्रत्येक डाटा भण्डारण, वितरण र संयोजन भइरहेको हुन्छ। यो सूचना प्रविधि केन्द्र कोरिया सरकारको सहयोगमा निर्माण गरिएको हो।

सरकारीस्तरमा सिंहदरबारबाट यो सेवा उपलब्ध भइरहेको हुन्छ भने निजीस्तरमा विभिन्न संस्थाले आफ्नै सर्भर राखेर सेवा उपलव्ध गराइरहेका छन्। नेपाल इन्भेस्टमेन्ट बैंक, स्टान्डर्ड चार्टड बैंक, नबिल बैंकलगायतका ठूला बैंकले आ आफ्नै सर्भरहरु राखेका छन् भने अरुले डाटा सुरक्षित राख्न निजी तथा विदेशी कम्पनीसँग सहयोग लिइरहेका छन्।


विश्वमा माइक्रोसफ्ट र अमेजनलाई सबैभन्दा विश्वासिलो र भरपर्दो डाटा स्टोरेज भएको कम्पनीका रुपमा लिइन्छ। यिनीहरुले क्लाउड बेस्ड माध्ययमबाट विश्वभर रहेको आफ्ना सेवाग्राहीलाई सेवा दिइरहेका छन्। नेपालमा पनि यिनीहरुका धेरै ग्राहक रहेका छन्।

हेटौंडामा अर्को सूचना प्रविधि केन्द्र बन्दै

सरकारले हेटौंडामा पनि सूचना केन्द्र स्थापनाको तयारी गरेको छ। सिंहदरबारमा रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्र भन्दा ठूलो सूचना केन्द्र सञ्चालमा ल्याउने तयारी भइरहेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell