PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

बेलायती राजकुमार ह्यारीले गरे बर्दियामा ४० मिनेट जलविहार



बेलायती राजकुमार ह्यारीले गरे बर्दियामा ४० मिनेट जलविहार
फाइल फोटो

  • विष्णु नेपाल-
बर्दिया : नेपाल भ्रमणमा रहेका बेलायतका राजकुमार हेनरी चार्ल्स अल्बर्ट डेभिड ‘ह्यारी’ आज बिहान बर्दिया आइपुगेका छन्। बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकनको सिलसिलामा राजकुमार ह्यारी यहाँ आइपुगेका हुन्।

राजकुमार ह्यारी यहाँ आइपुग्नासाथ निकुञ्जको बीच हुँदै बगेको खौरिया नदीमा झन्डै ४० मिनेट जलयात्रा गरेका छन्। निकुञ्जको गैँडामोचन पोस्टबाट जलयात्रा सुरु भएको थियो। राजकुमार ह्यारीको जलयात्रा बघौरा फाँटमा पुगेर टुङ्गिएको थियो। 

प्रकृति, पर्यावरण, हिमाल र वन्यजन्तुप्रति विशेष चासो राख्ने राजकुमार ह्यारीले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकनका बेलामा निकुञ्जका विविध पक्षका बारेमा जानकारी लिनेछन्। झन्डै हजार वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा मुख्यतः हात्ती, गैँडा, बाघ र २५० प्रजातिका चराचुरुङ्गी पाइन्छन्। 

विश्व वन्यजन्तु कोषले सो निकुञ्ज संरक्षणका लागि आर्थिक एवम् प्राविधिक सहयोग पुर्‍याउँदै आएको छ। यहाँका वन्यजन्तु हेर्न हरेक वर्ष करिब दश हजार विदेशी पर्यटक आउने गर्दछन्। 

आज र भोलि राजकुमार ह्यारीले बर्दिया, लमजुङ, पोखरामा समय बिताउनेछन्। पर्वतीय पदयात्रामा सौखिन राजकुमार ह्यारी लमजुङमा पदयात्रामा जानेछन्। सुन्दर पर्यटकीय नगरी पोखराको प्राकृतिक दृश्यावलोकन गर्न त्यसतर्फ जानुहुने यहाँस्थित बेलायती दूतावासले जनाएको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell