PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

​फोटोमा हेर्नुस्, काठमाडौंमा देखाइएको ७९ देशका काठका मान्छे



​फोटोमा हेर्नुस्,  काठमाडौंमा देखाइएको ७९ देशका काठका मान्छे

  • स्वेच्छा राउत-
  • इलिट जोशी-
काठमाडौं:  नेपाल प्रज्ञा प्रतिष्ठानको हातामा ७९ देशका कालिगढहरु कोही काठमा बुट्टा कुदिरहेका छन्, कोही मुर्ति बनाउँदैछन्,कोही घरेलु सामानहरु। काठका मुर्ति, कठपुतली, सजावटका सामान, मन्दिर , बुट्टा खोपिएका टुँडाल, बाजा, दैनिक जीवनमा उपायोग हुने सामानहरु जस्तै ओखल, कुर्सी, भाँडाकुँडा, फोटो फ्रेमको निर्माण र प्रदर्शन गरिएको छ।

यहाँ विश्व काष्ठकला प्रदर्शनी सोमबार सुरु भएको छ। दैनिक जीवनमा काठको उपयोगिता र महत्व दर्शाउन गर्न हरेक वर्ष मार्च २१ मा विश्व काठ दिवस मनाइन्छ। दिवसको अवसरमा इन्टरनेशनल उड कल्चर सोसाइटीले 'प्रकृतिसँगै संस्कृति' नाराका साथ चौथो पटक लोक काष्ठ सामाग्री प्रदर्शन आयोजना गरेको हो। यसअघि टर्की, चीन र तान्जानियामा काष्ठ प्रदर्शनी गरिएको थियो भने यो पटक नेपालमा गरियो।

इन्टरनेशनल उड कल्चर सोसाइटीकी सदस्य समर एह भन्छिन्, 'नेपालको प्राकृतिक तथा सांस्कृतिक विविधतासँग कार्यक्रमको नारा मेल खाने भएकाले यो पटक यहाँ प्रदर्शनी गरेका हौं।'  

प्रदर्शनीमा चीन, भारत, अमेरिका, मलेसिया, इरान, जापान, भुटान, फिजी, मंगोलिया लगायतका ७९ देशका काष्ठकलाहरु प्रदर्शनीमा राखिएको छ। प्रदर्शनीमा बिभिन्न देशका कालिगढहरु एक अर्काको भाषा नबुझेपनि सांकेतिक रुपमा आफ्नो काष्ठकलाको महत्वबारे अवलोकनकर्तालाई जानकारी गराएका थिए।

नेवार, थारु, राउटे जातिका काष्ठकला र हस्तकलाका सामग्रीले प्रदर्शनीमा नेपालको प्रतिनिधित्व गरेका छन्। प्रदर्शनीमा बिभिन्न जातिको पहिचान झल्काउने काठका सामान, मुर्ति, बाजा, भाडाकुँडा, दैनिक उपभोग्य सामग्रीहरु राखिएका छन्। प्रतियोगी वुद्धरत्न डंगोलले भने,'काठ सम्बन्धी जानकारीमूलक यस्ता कार्यक्रम नेपालमा हरेक वर्ष आयोजन गरिनुपर्छ।' लोककाष्ठ सामग्री प्रदर्शनी ७ गतेसम्म चल्नेछ। 






























































@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell