PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

बाबुराम भट्टराईको नयाँ शक्तिको वेबसाइट सुरु भएको २ घण्टामै ह्याक



बाबुराम भट्टराईको नयाँ शक्तिको वेबसाइट सुरु भएको २ घण्टामै ह्याक

  • पहिलोपस्ट-
काठमाडौँ : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपालको वेबसाइट ह्याक भएको छ।

भट्टराईले नयाँ शक्तिको वेबसाइट सञ्चालनमा आएको भन्दै फेसबुक र ट्विटरमा सेयर गरेको २ घण्टा बित्न नपाउँदै ह्याक भएको हो।
  ह्याक गर्नेहरुले आफू फोर ब्रदर्स भएको जनाएका छन्। नयाँ शक्ति अभियानले www.nayashakti.org डोमेन नपाएपछि www.nayashaktinepal.org वेवसाइट आधिकारिक रुपमा सञ्चालनमा ल्याएको थियो।

वेबसाइट यसअघि देखि नै सञ्चालनमा आएको भए पनि थप सुधार गरेर सार्वजिनक गरिएको थियो।

ह्याकरले नयाँ शक्तिलाई होमपेजमै म्यासेज समेत दिएको छ। ह्याकरले भनेको छ – जताततै नयाँ शक्ति नयाँ शक्ति नयाँ शक्ति भन्दै दुई चार शब्दको भाषण दिँदैमा देश बन्दैन। साँच्चैको नयाँ शक्ति हो भने देशमा सुख शान्ति, समृद्धि ल्याउ र भ्रष्टाचार अन्त्य गर। नेपाली जनताले धेरै दु:ख भोगिसके। अब जलेको घाउमा घिउ थप्ने काम नगर।


ह्याकरले आफ्नो बारे थप भनेका छन् – 'उपस्थितिको सम्मान गर वा प्रतिरक्षको अपेक्षा गर।'

वेबसाइट सञ्चालनमा सहयोगी भूमिका निर्वाह गरिरहेका रमेश भट्टराईले वेबसाइटमा नयाँ शक्तिको सदस्यता फारम र प्रेस विज्ञप्ति र कार्यक्रमहरु राखिएको बताए। उनले नयाँ शक्तिका सबै गतिविधि वेबसाइटमा राखिएको समेत उल्लेख गरे।

ह्याकरहरुले भने वेबसाइट ह्याक गरेर नेपालको झण्डा उचालिराखेको युवा र गीत वेबसाइटमा राखिदिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell