PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

नयाँ शक्ति पछि कांग्रेसको वेवसाइट पनि ह्याक



नयाँ शक्ति पछि कांग्रेसको वेवसाइट पनि ह्याक

  • पहिलोपोस्ट-
काठमाडौं:  नेपाली कांग्रेसको वेवसाइट ह्याक भएको छ। मंगलबार राती ११ वजेदेखि कांग्रेसको वेवसाइटमा ह्याक भएको सूचना  देखिएको छ। मंगलबार दिउँसो नयाँ शक्ति नेपालको वेवसाइट ह्याक गर्नेहरुले नै कांग्रेसको वेवसाइट पनि ह्याक गरेका हुन्। ह्याक गर्नेले आफु फोर ब्रदर्श भएको बताएको छ।

नेपाली कांग्रेस पार्टी कार्यालयका सचिव सूर्य भट्टराईले वेवसाइट ह्याक भएको जानकारी आएको बताए। 'हामी भ्याली बाहिर छौं वेवसाइट ह्याक भएको जानकारी आजमात्र पायौं आजै प्राविधिकहरुसँग कुराकानी गर्नेछौं' उनले भने।

कांग्रेसले पछिल्लो समय पार्टीका धेरै सूचनाहरु वेवसाइट मार्फत प्रकाशित गर्ने गरेको थियो। १३ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि, क्रियाशील सदस्यहरुको नामावली लगायत धेरै सूचनाहरु वेवसाइटमा नै उपलब्ध थियो। मंगलबार नयाँ शक्तिको वेवसाइट ह्याक गर्नेले पनि यही नाम राखेको थियो। नयाँ शक्तिको वेवासाइट अहिले ह्याकरको नियन्त्रणमा रहेको छैन वेवसाइट निर्माण हुँदै गरेको भन्ने सूचना राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell