PahiloPost

Dec 24, 2025 | ९ पुष २०८२

छाब्दी बाराही मन्दिर नजिकैको पोखरीमा धमाधम माछा किन मर्न थाले? तीन स्रोतका तीन फरक कारण



दमौली : तनहुँ जिल्लाको केशवटार–७ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल छाब्दी बाराही मन्दिर नजिकैको कुण्ड छेउमा रहेको पोखरीका माछा सोमबार बिहानदेखि एकाएक मर्न थाले। 

माछा मर्ने क्रम आजसम्म रोकिएको छैन। सरकारी समाचार एजेन्सी राससले आज त्यसबारे समाचार दिने क्रममा माछा मरेको विषयलाई पुष्टि गर्न छाब्दी बाराही विकास कोषले जनाएको भनिएको छ। 

कारण के हो त ? 

राससको समाचारमा तीन फरक कारण उल्लेख गरिएको छ।  

पहिलो कारण : समाचारमा जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीलाई उद्धृत गरिएको छ। उनले भनेका छन्- 'पानी थोरै माछा धेरै हुँदा अक्सिजनको कमी वा फुड पोइजनका कारण त्यस्तो भएको हुन सक्ने'। 

दोस्रो कारणमा 'कतिपय स्थानीयको अनुमान' भन्दै समाचारमा लेखिएको छ- 'घरघरबाट ल्याइएको खानेपानीको जिआइ पाइप त्यही पोखरी भएर लगिदा करेन्ट प्रवाह भएर त्यस्तो भएको।' 

तेस्रो कारण अझ रोचक छ। राससले मन्दिरका पुजारी प्रेमबहादुर थापालाई उद्धृत गर्दै लेखेको छ- ज्योतिषीले जुठो परेको व्यक्तिले मन्दिरमा प्रवेश गरी पूजा गरेकाले त्यस्तो घटना भएको हुन सक्ने बताएको जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell