- पहिलोपोस्ट-
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अर्थ मन्त्रालयबाट प्राप्त ६५ अर्ब रुपैयाँ मध्येबाट रकम विभिन्न मन्त्रालय मातहतका इकाईलाई खर्चका लागि छुट्याएको प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए।
निजी आवास पुनर्निर्माणका साथै अन्य क्षेत्र तथा निकायमार्फत पुनर्निर्माणमा बजेट खर्च गर्ने गरी प्राधिकरणले अख्तियारी दिएको हो। लामो समयसम्म प्राधिकरण गठनको विषय राजनीतिक भुङ्ग्रोमा परेर अल्झिएको थियो।
मन्त्रालयले गठन गरेका आयोजना कार्यान्वयन इकाईलाई दिइएको बजेट यस्तो छ
- संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई ६० करोड
- शिक्षा मन्त्रालयलाई विद्यालय पुनर्निर्माण लगायतमा २ अर्व १९ करोड ५० लाख
- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सम्पदा पुनर्निर्माण तथा पर्यटकीय पूर्वाधार निर्माणका लागि ३९ करोड ६२ लाख
- सहरी विकास मन्त्रालयलाई ३६ करोड ५९ लाख
- कृषि मन्त्रालयलाई ५ करोड १३ लाख
- सडक विभागलाई ६६ करोड ५० लाख २६ हजार