PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

रोबोटबाट प्रचार गरेर चुनाव जितेका पौडेलको नेतृत्वमा डिजिटल कांग्रेस अभियान



रोबोटबाट प्रचार गरेर चुनाव जितेका पौडेलको नेतृत्वमा डिजिटल कांग्रेस अभियान

  • रमेश वाग्ले/पहिलोपोस्ट
काठमाडौः नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा रोबोटबाट प्रचार गरेर केन्द्रीय सदस्य निर्वाचित प्रदीप पौडेलको अगुवाईमा डिजिटल कांग्रेस निर्माणको अभियान घोषणा भएको छ।

शुक्रबार प्राविधिक विद्यार्थी समुहले नवनिर्वाचित केन्द्रीय सदस्य पौडेलको सम्मान कार्यक्रममा पौडेलकै नेतृत्वमा डिजिटल कांग्रेस निर्माणको घोषणा गरेको हो।

सबैभन्दा ठूलो र पुरानो पार्टी भएर पनि सबैभन्दा अव्यवस्थित भनेर चिनिएको पार्टी नेपाली कांग्रेसलाई व्यवस्थित बनाउने भन्दै समूहले डिजिटल कांग्रेस एप निर्माणको अवधारणा सार्वजनिक गरेको हो।

'कांग्रेसको मतदानका लागि पूरै दिन लाग्यो त्यसको परिणाम सार्वजनिक गर्न एक हप्ता कुर्नुपर्यो' नेपाल विद्यार्थी संघ पोखरा विश्वविद्यालयका अध्यक्ष समेत रहेका प्राविधिक विद्यार्थी समुहका सदस्य नवराज त्रिपाठीले भने, 'परिणाम कुर्दाकुर्दा प्रदीप पौडेल सम्मान लिन समेत उत्साहित नभएको देखेपछि हामी डिजिटल कांग्रेस निर्माणको अभियानमा जुटेका हौँ।'

समूहकै सदस्य तथा आनन्दश्री न्यौपानेले सबैभन्दा पुरानो तर सबैभन्दा अव्यवस्थित पार्टी भनेर चिनिनु आफैमा अशोभनीय भन्दै डिजिटलाइज गर्न आफूहरुले अभियान थालेको बताए। 

नवनिर्वाचित केन्द्रीय सदस्य पौडेलले सृजनात्मक कामका लागि धन्यवाद दिए। पौडेलले राजनीति र प्रविधि दुबै विज्ञान भएको भन्दै त्यसको समन्वय आवश्यक भएको बताए। 

कस्तो हुन्छ डिजिटिल कांग्रेस एप?

डिजिटल कांग्रेस एप अहिलेसम्म तयार भएको छैन। तयार गर्नका लागि अझै तीनदेखि चार महिना लाग्ने निर्माणकर्ता प्राविधिक विद्यार्थी समूहले जनाएको छ। प्राविधिक विद्यार्थी समूहका आनन्दश्री न्यौपानेका अनुसार यो एप आम सर्वसाधारणाका लागि बनेको हैन। यो एपको प्रयोग गर्नका लागि कम्तिमा पनि कांग्रेसको क्रियाशील सदस्य भइसकेको हुनुपर्छ।

'यो एप इन्टरनेटको सहायतामा मोवाइल र कम्प्युटरमा डाउनलोड गर्न सकिन्छ' न्यौपानेले भने, 'तर डाउनलोडका लागि क्रियाशील सदस्यले पासवर्डसहित आफ्नो सदस्यता नम्बर हान्नुपर्ने हुन्छ,' उनले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell