PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

आइफोन र आइप्याडका लागि आयो आइओएस ९.३, के छ नयाँ यसमा?



आइफोन र आइप्याडका लागि आयो आइओएस ९.३, के छ नयाँ यसमा?

एप्पलले आफ्ना उत्पादनहरु आइफोन र आइप्याडका लागि लेटेस्ट भर्सनको आइओएस ९.३ सार्वजनिक गरेको छ। धेरैको चाहना र पूर्वानुमान अनुसार यो अपडेटमा नाइटमुड अप्सन राखेको छ।

यो अपडेट आइफोन र आइप्याडमा आइओएस ९.० भर्सन भएका आइफोन ४ एस, आइप्याड २ र आइप्याड मिनि देखि नयाँ भर्सनका एप्पलका डिभाइसहरुमा राख्न मिल्छ।

के छ नयाँ?

नयाँ भर्सनको अपडेटमा कार प्लेको मल्टिपल अपडेट रहेको छ। यसबाट कार इन्टरटेन्मेन्टका लागि जोड्न र जसमा मनोरञ्जनका लागि धेरै उपयोगी रहनेछ। यसले एप्पलका विभिन्न डिभाइसहरुलाई फिङ्गरप्रिन्ट सेन्सरलाई आफूले चाहेअनुसार पर्सनलाइजेसन गर्न सहयोग गर्दछ।

यसमा सवैभन्दा धेरै परिवर्तन भने नाइटमुडको भएको छ जसले मोवाइलले फाल्ने गरेको व्लु लाइटलाई घटाउँदछ र रातको प्रकाशको अनुसार डिस्प्लेमा आफैं परिवर्तन हुन्छ। तपाइले चलाएको डिभाइसले दिउँसको प्रकाश छ कि छैन भनेर आफैं थाहा पाउँदछ र तपाईको शरीरसंग तालमेल गरेर आफैं ट्रयाक गर्दछ।

नाइट मुडको सहयोगले राति सुतेर डिभाइस चलाउँदा तपाइकाे अाँखालाई सजिलो बनाउँछ। डिभाइसको निलो प्रकाशको मात्रालाई घटाउँदछ र रातोपनासँगै रङ्गीनपनाको महसुस गराउँदछ।

नाइट मुडले राति भएको आफैं थाहा पाउँदछ र रातिदेखि विहानसम्म त्यो प्रकाश बस्दछ र बिहानको सूर्यको प्रकाशसँगै आफैं निलो प्रकाश र प्राकृतिक प्रकाशमा व्यालेन्स हुन्छ।

आइओएसले गरेको जस्तै एन्ड्रोइड स्मार्टफोनका लागि पनि नाइट शिफ्टका लागि बजारमा विभिन्न कम्पनीले बनाएका विभिन्न किसिमका एपहरु पनि उपलब्ध रहेका छन् तर  एप्पलले भने यो सुविधा आफ्नै अपरेटिङ सिस्टममा ल्याएर उपलब्ध गराएको भने पहिलो पटक हो।

यो अपग्रेडेड भर्सनको आइओएसमा सुतेको बेलामा डिभाइस चलाउँदाका धेरै सुविधा उपलव्ध गराइएको छ, तौल र कसरतको मापन, जसले एप्पलका घडीसँग जोडिएर गरिने क्रियाकलाप तथा मुभमेन्ट आफै बताइदिन्छ। खासगरी यो नयाँ अपडेटले मानिसको स्वास्थसँग प्रत्यक्ष सरोकार राख्ने तथ्यलाई एप्पलले आफ्नो नयाँ अपडेटमा ल्याएको हो।

एप्पलले आइप्याडमा हुने फिचरलार्ई पनि परिवर्तन गरेको छ। यो अपडेट भएका आइप्याडले ट्यावलेटको आन्तरीक व्यवस्थापनलाई थप बलियो बनाएको एप्पले जानकारी दिएको छ। दि गार्जियनबाट साभार 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell