PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

​सिंहदरबारभित्र कार्यालय समयमा फेसबुक चलाउन प्रतिबन्ध



​सिंहदरबारभित्र कार्यालय समयमा फेसबुक चलाउन प्रतिबन्ध

  • पहिलोपोस्ट-
काठमाडौं : सरकारको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा बुधबारदेखि सामाजिक सञ्जाल फेसबुक चलाउन रोक लगाइएको छ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रवक्ता विनोद कुवँरले फेसबुक खोल्दा कार्यालयको काम प्राथमिकता नपर्ने देखेर कार्यालय समयमा फेसबुक बन्द गरिएको बताए।

‘फेसबुक खोल्दा कार्यालयको काम प्राथमिकतामा पर्दैन कि भनेर बन्द गरिएको हो। बिहान ९ बजेदेखि ५ बजेसम्म रोकिएको छ’, कुवँरले भने।

सिंहदरबार भित्रको सर्भरमा बिहान ९ बजे देखि ५ बजेसम्म कार्यालय समयमा फेसबुक बन्द गरिएको हो। '

भूकम्प अघि पनि सिंहदरबारमा बन्द रहेको फेसबुकलाई तत्कालिन मुख्य सचिव लिलामणि पौड्यालले सञ्चालनका लागि अनुमति दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell