PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

'बाटो मुनिको फूल २' को ट्रेलर सार्वजनिक



'बाटो मुनिको फूल २' को ट्रेलर सार्वजनिक

काठमाडौं: जातीय विभेदले समाज साथै व्यक्तिगत जीवनमा निम्त्याउने समस्यालाई देखाउँदै बनेको फिल्म 'बाटो मुनिको फूल' सफल चलचित्र ठहरियो। दर्शकको मन मात्र होईन व्यवसायिक सफलता पनि हात पारेको सो फिल्मको सिक्वेल भने  वैशाख १० गतेबाट प्रदर्शनमा आउने भएको छ। सुवर्ण थापा निर्देशित चलचित्र ‘बाटो मुनिको फूल २’को ट्रेलर आज सार्वजनिक भएको छ। 

चलचित्रमा दीलिप रायमाझी, यश कुमार, बाबु बोगटी, ऋचा शर्मा, रीमा विश्वकर्मा, अशिष्मा नकर्मी, अर्पण थापा लगायत कलाकारको मुख्य भूमिका रहेको छ। चलचित्रका निर्माता यश कुमार यस पटक पनि मुख्य भूमिकामा देखा पर्ने छन्। चलचित्रका गितमा संगित पनि उनकै रहेको छ। फिल्ममा नायिका ऋचा शर्मा 'को आफ्नो' पछी पुन: एकपटक आमाको भूमिकामा देखिदै छिन्।

‘बाटो मुनिको फूल २’को आज रिलिज ट्रेलरमा जातिय विभेदको कथालाई प्रस्तुत गरिएको छ। हेर्नुस् 'बाटो मुनिको फूल २' को ट्रेलर: 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell