PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

लन्डनको पहिलो नेपाली रेस्टुराँ रिनोभेट गर्न बेलायत सरकारकै सहयोग



लन्डनको पहिलो नेपाली रेस्टुराँ रिनोभेट गर्न बेलायत सरकारकै सहयोग
रेस्टुराँ अघि विमल गिरी। फोटो : Greg Macvean

लन्डनको वेस्ट इन्ड आकर्षक पसलहरुका लागि चर्चित छ। ऐतिहासिक पृष्ठभूमि बोकेको वेस्ट इन्डका स्ट्रिटमा पुस्तकदेखि रेस्टुराँसम्म सजिएका छन्। यहाँ पुग्ने धेरैलाई लामो समय बाँधिरहन्छ यो ठाउँले। यही छ एउटा रेस्टुराँ – खुकुरी नेप्लिज रेस्टुरेन्ट। नेपालीले चलाइरहेको यो रेस्टुराँमा लोभलाग्दा परिकारका कारणमात्र चर्चित छैन। यसपाला सरकारी सहयोगमा रिनोभेट हुँदैछ – खुकुरी, जसले यसलाई थप चर्चाको चुलीमा चढाएको छ।  

व्यापारको अथाह आकर्षण बोकेको वेस्ट इन्डमा परम्परागत शैलीमा चलिरहेका व्यापारलाई पुरानै स्वरुपमा राख्न सरकारी स्तरमै पहल भइरहेको छ। त्यहाँका शीर्ष ५० व्यवसायको आमुखलाई क्लासिक शैलीमा कायम राख्न सरकारले नै पहल गरेको छ। इडनवर्ग हेरिटेड क्यास मार्फत् अग्रभाग पुनर्निर्माणका लागि सरकारले रकम नै उपलब्ध गराउँदैछ। र, त्यो रकम पाउनेमा खुकुरी पनि समावेश भएको छ- यसपाला।  

खुकुरीले आफ्नो परम्परागत शैलीका कारण यस्तो सहयोग पाउन लागेको इडनवर्गन्युजले जनाएको छ।

इडनवर्ग वर्ल्ड हेरिटेजले ३० लाख पाउण्डभन्दा बढी रकम यस्ता पसल र रेस्टुराँको अगाडिको भाग सुधार गर्नका लागि खर्चन लागेको हो। वेस्ट मैटल्यान्ड स्ट्रिटमा लामो समय लगाएर निर्माण भएको ट्राम निर्माणका कारण यो क्षेत्र प्रभावित बन्यो। त्यसैलाई सुधार्न सरकारी तहमा काम अघि बढेको हो।

बेलायतको राजधानीमा खुलेको पहिलो नेपाली रेस्टुराँ – खुकुरी अग्रभाग पुनर्निर्माण हुनेमध्ये ५० भित्र परेको हो।   

यसका म्यानेजर विमल गिरीले भने, ‘इडनवर्ग वर्ल्ड हेरिटेजले यसको अगाडिको भाग र सडकलाई राम्रो बनाउने भएकाले मलाई धेरै खुसी लागेको छ। पछिल्ला केही वर्ष हामीलाई निक्कै समस्या परेको थियो। आउँदा दिनमा हामीले राम्रो हुने अपेक्षा गरेका छौं।’

यही सडकमा अरु २० यस्ता व्यवसायी छन् जसले सरकारी सुविधा पाउँदैछन्। यो सुविधा केही वर्षसम्म जारी रहन्छ। सन् २००० मा सुरु भएको यो कार्यक्रममा यस्ता सुधारका लागि  ८० प्रतिशत सरकारी अनुदान र निजी क्षेत्रको सहयोग हुने गर्छ भने बाँकी व्यवसायी आफैँले लगानी गर्नुपर्छ।

अरु सहरभन्दा फरक देखाउनका लागि इडनवर्ग वर्ल्ड हेरिटेजले यस्तो लगानी गरेको जनाएको छ।

यो ठाउँमा १९ औं शताब्दीका घरहरु छन् जसले यहाँको इतिहासलाई देखाउँछ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell