PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

मातृशोक परेका सिटौला भोट हाल्नकै लागि आए काठमाडौं



मातृशोक परेका सिटौला भोट हाल्नकै लागि आए काठमाडौं

  • रमेश वाग्ले/पहिलोपोस्ट-
काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्ण सिटौला मातृशोकका बाबजुत संसदीय दलको नेता चयनका लागि भएको मतदानमा सहभागी भएका छन्।

सोमबार कान्छी आमा अप्सराको निधन भएपछि सिटौला मंगलबार अन्तेष्टिमा सहभागी हुन झापा पुगेका थिए। उनको मंगलबार कन्काइमाई झापामा अन्तिम संस्कार गरियो।
 
सिटौलाकी जन्म दिने आमा गौरादेवी भने उनी तीन वर्ष हुँदा नै बितेकी थिइन्। आमा गुमाएका सिटौलालाई हुर्काउने तथा रखेदेख गर्ने काम अप्सराले गरेकी थिइन्।

सिटौला सदंसदीय दलको नेता चयनका लागि भएको मतदानमा भोट खसाल्नकै लागि राजधानी आएका हुन्। उनी आजै झापा फर्कनेछन्। कपाल खौरेका सिटौला टोपी, सेतो सर्ट र खैरो वेस्टकोट लगाएर मतदानका लागि सिंहदरबार पुगेका थिए।

सिटौलाकीका तीन दाजु भाइ छन् भने कान्छी आमातर्फ पनि तीन दाजुभाइ नै छन्।

सिटौला माइला हुन्। उनका दाइ डिल्ली सिटौला राष्ट्रिय सभा सदस्य भएका थिए। कान्छो भाइ भने केशव हुन्।

कान्छी आमातर्फ हरि, होम र महिन्द्र गरी तीन छोरा छन्। दिदीबहिनी भने सात जना रहेका छन्। सिटौलाको आमा तर्फबाट दुई र कान्छी आमा अप्सराको तर्फबाट ५ जना।




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell