
- पहिलोपोस्ट-
क्रान्तिकारीले अध्यक्ष रमेश मल्लको नेतृत्वमा ५ हजार १०१ सदस्यी मूल निर्वाचन परिचालन समिति समेत गठन गरेको छ। त्रिभुवन विश्वविद्यालयले बैशाख तेस्रो साता स्ववियु निर्वाचन गर्ने तयारी गरेको छ।
बुधबार काठमाडौंमा बसेको क्रान्तिकारीको पदाधिकारी बैठकले सात प्रदेशका लागि निर्वाचन समितिहरु पनि गठन गरेको छ।
प्रदेश नम्बर एकमा चिरञ्जीवी लामिछाने, प्रदेश नम्बर दुईमा रामबाबु बैठा, प्रदेश नम्बर तीनमा दीपक देवकोटा, प्रदेश नम्बर चारमा पुरन केसी, प्रदेश नम्बर पाँचमा तीलकराज भण्डारी, प्रदेश नम्बर ६ मा पञ्चा सिंह र प्रदेश नम्बर सातमा रामेश धामीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ।
क्रान्तिकारीले अविलम्ब स्ववियु चुनावको मिति तोक्न त्रिविलाई आग्रह गरेको छ।