PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

​असारदेखि नेपालमा फोर जी मोबाइल चल्ने, कहाँ कहाँ चल्नेछ फोरजी?



​असारदेखि नेपालमा फोर जी मोबाइल चल्ने, कहाँ कहाँ चल्नेछ फोरजी?
http://financialtribune.com/

  • उमेश पौडेल/पहिलोपोस्ट -
काठमाडौं : मोबाइलमा बहुप्रतिक्षित फोर जी प्रविधि असारदेखि नेपालमा सञ्चालनमा आउने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले ‘टेक्नोलोजी न्युट्रल’ गरेर फोर जी प्रविधि सञ्चालन गर्न दिन लागेको हो।

१८ सय मेगाहर्ज फ्रिक्वेन्सीमा प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकहरुलाई फोर जीको सञ्चालन  गर्न दिने भएको हो। यो फ्रिक्वेन्सी संसारका विकसित धेरै मुलुकमा प्रयोग भइसकेको नेटवर्क टेक्नोलोजी हो। सन् २०११ बाट विश्वका विभिन्न मुलुकले फोर जी प्रविधि प्रयोग गरिसकेका छन्।

'हामीले २६ सय र सात सय मेगाहर्ज व्याण्डमा एलटिईको मूल्य निर्धारण गर्ने तयारी गरेका छौं', नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले भने 'स्लट तोकेका छैनौँ, क्रपिङ गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।'

विश्वमा फोर जी एलटिई मा आधारित सबैभन्दा छिटो इन्टरनेट हङकङमा चल्छ। त्यहाँ प्रतिसेकेन्ड ५४.१ मेगाबाइटको स्पीडमा चल्छ भने स्पेनमा सबैभन्दा छिटो डेटा डाउनलोड हुन्छ। त्यहाँ १८.२४ एमविपिएस प्रतिसेकेन्डको गतिमा डाउनलोड हुन्छ।

६ महिनापछि २६ सय र सात सय फ्रिक्वेन्सीमा सबैले फोर जी सेवा दिन सक्ने झाले बताए। उनले भने '२६ सय र सात सय मेगाहर्ज फ्रिक्वेन्सी चाहिँ हाल दूरसञ्चार सेवा दिइरहेका अपरेटरका साथसाथै लाइसेन्स नपाएका अपरेटरले पनि भाग लिन पाउने गरी ६ महिनापछि पाउनेछन्।'

ती फ्रिक्वेन्सी पाउनका लागि सेवा सञ्चालन भएको ६ महिनाभित्र लिलाम बढावढका आधारमा मूल्य तय गर्ने तयारी भएको उनले जानकारी दिए।

फोर जीका लागि मूल्य निर्धारणको काम तीब्र रुपमा काम अगाडि बढिरहेको छ। झाले भने 'औसत मूल्य तय गर्ने गरी काम अगाडि बढिरहेको छ।
नेपालमा सामान्यतया नौसय मेगाहर्जमा थ्रीजी वा थर्ड जेनेरेसनको टेक्नोलोजी र १८ सय मेगाहर्जको फ्रिक्वेन्सीमा टुजी अथवा सेकेन्ड जेनेरेसनको टेक्नोलोजीमा प्रयोग भइरहेको छ जुन हामीले हाल चलाइरहेको मोवाइलको नेटवर्कमा प्रयोग भएको छ।

एक तिहाइ क्षेत्रमा मात्र पुगेको थियो थ्रिजी

नेपालको कूल क्षेत्रफलमध्ये करिब एक तिहाइमा मात्र थ्रिजी नेटवर्क पुगेको छ। संसारका धेरै देशहरुले फोर जी टेक्नोलोजी प्रयोग गरिसकेका छन्। नेपालमा भने यो प्रविधिका लागि पूर्वाधार नभएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले कुनै पनि दूरसञ्चार अपरेटरलाई लाइसेन्स दिएको थिएन। 
 

के हो फोर जी सेवा ?

फोर जी अर्थात फोर्थ जेनेरेसन। फोर जी थ्री जीको विकसित रुपको नेटवर्क अन्तर्गतको मोबाइल टेलिकम्युनिकेसन प्रविधि हो। फोर जी प्रणालीले इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आइटियु) ले व्याख्या गरेअनुसारको सुविधा प्रदान गर्छ। यस सेवामा मोबाइल वेब एक्सेस, आइपि टेलिफोनी, गेमिङ सर्भिस, हाइ डेफिनेसन मोबाइल टिभी, भिडियो कन्फेरेन्सिङ, थ्रीडी टेलिभिजन र क्लाउड कम्प्युटिङ पनि पर्दछन्।
 

के हो टेक्नोलोजी न्युट्रल?

टेक्नोलोजी न्युट्रल भनेको कुनै पनि सेवाग्राहफले आफूले चाहेको अनुसार नेटवर्क अपरेटर र फ्रिक्वेन्सी चेन्ज गरेर सेवा प्राप्त गर्न सक्ने प्रविधि हो। जस्तो कि तपाईँले टुजी सेवा लिइरहनु भएको छ भने तपाइले त्यही सेवा र अपरेटरमा चाहेअनुसार थ्रिजी वा फोर जी सेवा चलाउन सक्नुहुन्छ।

टेक्नोलोजी न्युट्रल गर्यो भने नेपालको कुन कुन क्षेत्रमा फोर जी चल्छ?

सुरुमा १८ सय मेगाहर्जमा टेक्नोलोजी न्युट्रल गरेर फोर जी सेवाको सुरुवात हुनेछ। यस अनुसार हाल विभिन्न सेवा प्रदायकले दिने गरेको टु जी र थ्री जी सेवा सञ्चालन भएका सबै ठाउँमा फोर जी सेवा सञ्चालन हुनेछ। यसअनुसार नेपालमा टु जी वा जिएसएम सेवा पुगेका ठाउँहरुमा फोर जी सेवा सञ्चालन हुनेछ।
 

नेटवर्क अपरेटरले कति पाउँछन् फ्रिक्वेन्सी?

फोर जी सेवा सञ्चालनका लागि नेपालमा चलेका ६ वटा दूरसञ्चार कम्पनीले न्यूनतम ६ मेगाहर्जको स्लट पाउनेछन्। त्यसमा थप फ्रिक्वेन्सी थप्न चाहेमा दुई मेगाहर्ज पाउनेछन्। त्यसैगरी अधिकतम थप्न चाहे १.६ मेगाहर्ज फ्रिक्वेन्सी पाउने झाले जानकारी दिए।

उनले भने 'मूल्य निर्धारणको काम भइरहेकाले न्यूनतम, थप र अधिकतम फ्रिक्वेन्सीलाई नेटवर्क अपरेटरले कति तिर्नुपर्छ यकिन भइसकेको  छैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell