PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

विदेशमा काम गर्न जानेको बीमा रकम ५ बाट १० लाख हुने, मृत्यु भएमा १४ लाख पाइने



काठमाडौं : वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले नयाँ वर्षमा कार्यान्वयनमा ल्याउने गरी वैदेशिक रोजगारमा जाने कामदारहरुको जीवन बीमा रकम वृद्धि गरेर १० लाख रुपैयाँ बनाउने निर्णय गरेको छ।

वैदेशिक रोजगार ऐन २०६४ को दफा २६ मा वैदेशिक रोजगारमा जाने कामदारको म्यादी जिवन बीमाको बीमांक रकम पाँच लाख रुपैयाँ तोकिएको छ।

गएको माघ १४ गते वैदेशिक रोजगार प्रवर्द्धन केन्द्रले यस विषयमा छलफल गरी समिति गठन गरेको थियो। समितिले बीमांक रकम दोब्बरले वृद्धि गरी १० लाख रुपैयाँ बनाउनका लागि प्रिमियम लगायतका विषयमा परिमार्जन गर्न प्रतिवेदन पेश गरेको थियो। चैत १७ गते बसेको बोर्डको बैठकले पाँच लाख रुपैयाँ रहँदै आएको बीमांक रकमलाई दोब्बर बनाउने निर्णय गरेको थियो।

मृत्यु भएमा शव ल्याउने खर्चसहित १४ लाख पाइने

बीमा गर्ने व्यक्तिले बीमावापत रकम सय प्रतिशत वृद्धिसहित प्राप्त गर्नेछन्। मृतकको हकमा बीमा गरेको कामदारले शव ल्याउने खर्च तथा काजकिरिया खर्चसमेत गरी १४ लाख बराबरको क्षतिपूर्ति दिने बोर्डले जनाएको छ।

यस प्रतिवेदनका आधारमा निम्नानुसार निर्णय भएका छन्:
१)    बीमांक रकमलाई वृद्धि गरी १० लाख बनाउने र यसका लागि विगतका प्रिमियम ६५ प्रतिशतले वृद्धि गर्ने
२)    वैदेशिक रोजगारमा जान चाहने व्यक्तिले करार अवधि भन्दा कम्तिमा ६ महिना थप समय रहने गरी बीमा गर्नुपर्ने
३)    यस व्यवस्थालाई २०७३ वैशाख १ गतेबाट कार्यान्वयनमा ल्याउन बीमा समितिसँग अनुरोध गरिएको छ।
४)    वैदेशिक रोजगारमा बिमा गराउनका लागि बीमा अभिकर्ताको आवश्यकता नपर्ने भएकाले बीमा अभिकर्ता कमिसन नदिने व्यवस्था गर्नका लागि बीमा नियमावली २०४९ को अनूसूची ११ संसोधनको प्रक्रिया अघि बढाउन बीमा समितिलाई अनुरोध गरिएको छ।
५)    बीमा नियमावली २०४९ को संसोधन भए पछि सोहि बमोजिम कार्यदलको सिफारिस बमोजिम हाल कायम प्रिमियमलाई घटाई ४५ प्रतिशत कायम हुने गरी कार्यान्वयनमा ल्याउने।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell