PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

नीता अम्बानी एसियाकै शक्तिशाली व्यवसायी महिला



नीता अम्बानी एसियाकै शक्तिशाली व्यवसायी महिला
फोटो : रजत घोष/फोर्ब्स

न्युयोर्क : फोर्ब्सले नीता अम्बानीलाई एसियाकै शक्तिशाली व्यवसायी महिलाको पहिलो स्थानमा रहेको जनाएको छ। नीता रिलायन्स इन्ड्रस्टिजकी वोर्ड डाइरेक्टर र रिलायन्स फाउन्डेसनकी संस्थापक अध्यक्ष हुन्। एसियाका व्यवसायमा जमिरहेका शीर्ष ५० महिलाको सूची फोर्ब्सको अप्रिल इस्युमा सार्वजनिक गरेको छ जसमा अम्बानी शीर्ष स्थानमा रहेकी छिन्।
 
यो सूचीमा ८ भारतीय महिलाहरु पनि समावेश छन्। एसबीआइकी अध्यक्ष तथा कार्यकारी निर्देशक अरुन्धती भट्टाचार्य यो सूचीको दोस्रो स्थानमा छिन्।  

'भारत त्यस्तो मुलुक हो जहाँ अर्बपतिहरुको छायाँमा उनीहरुका पत्नीहरु हुने गर्छन्, नीताको रिलायन्स इम्पायरमा भएको उदय अस्वभाविक लाग्छ र उनी हाम्रो पावर बिजनेसविमन र्‍याङ्किङमा शीर्ष स्थानमा आएकी छिन्,' फोर्ब्सको मुल आलेखमा नाजरिन करमालीले लेखेका छन्।
फोर्ब्स डलर अर्बपतिको सूची प्रकाशन गर्ने, ठूला कम्पनीहरुको सूची निकाल्ने र धनी अमेरिकीको सूची निकाल्ने पत्रिकाका रुपमा पनि स्थापित भइसकेको छ।

'मिट नीता अम्बानी, दी फर्स्ट लेडी अफ इन्डियन बिजनेस' शीर्षकमा फोर्ब्समा प्रकाशित सामग्रीमा बलिउड स्टार आमिर खानले नीताको व्यक्तित्वमाथि र सोभा डेले उनको दक्षतामाथि टिप्पणी गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell