
- पहिलोपोस्ट-
सभापति देउवा र वरिष्ठ नेता पौडेलले छुट्टाछुट्टै विज्ञप्ति निकालेर बार अध्यक्ष केसीलाई बधाई दिएका हुन्। कानुन व्यवसायीहरुको पेशागत संस्था नेपाल बार एसोसिएसनको गत शनिबार भएको निर्वाचनको आज सार्वजनिक अन्तिम परिणामअनुसार २५ सदस्यीय कार्यसमितिमा लोकतान्त्रिक समूहका १९ उम्मेदवारले जित हासिल गरेका छन्।
देउवा र पौडेलले बारको नव निर्वाचित कार्यसमितिले स्वतन्त्र न्यायपालिका, मानवअधिकार रक्षा तथा बार र बेञ्चबीच सुमधुर सम्बन्ध बनाउँदै स्वतन्त्र न्यायलयको गरिमालाई कायम राख्ने विश्वास व्यक्त गरेको जनाएका छन्।