PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कपिल शर्मा



जतिखेर उनी दशरथ रंगशालामा उपस्थित हजारौँ दर्शकका सामु आफ्नो हास्यकला प्रस्तुत गरिरहेको हुनुपर्ने थियो, उतिबेला याक एन्ड यति होटलको एउटा हलका सीमित मिडियाकर्मी सामु आफ्नो विचार व्यक्त गरिरहेका थिए। भारतीय मिडियाले कन्ट्रोभर्सी किङको उपमा दिने गरेका कपिल यसअघि नै नेपालसँग जोडिएको विषयमा विवादमा परिसकेका छन्। 

जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षाको कारण देखाउँदै भारतका चर्चित कमेडियन कपिल शर्मासहितको कार्यक्रम स्थगित गर्न निर्देशन दिएपछि आज रंगशाला अघिपछि झैँ खाली नै रह्यो। हिजो रातिदेखि फैलिएको खबर नसुनेकाहरु भने त्यहाँ टाँगिएको एनसेलले रकम फिर्ता दिने सूचना पढेर फर्किए। 

कपिल शर्मा शनिबार र आइतबार दुई दिन भारतको कलर्स च्यानलबाट प्रसारण हुने लोकप्रिय कार्यक्रम कमेडी नाइट्स विद् कपिलपछि अत्यधिक चर्चामा आएका हुन्। स्टायन्ड अप कमेडीमा उनले भारतकै अर्का कलाकार राजु श्रीवास्तवलाई पछि पारिसकेका छन्। राजुले तीन वर्षअघि जावलाखेलमा बलिउड धुम कार्यक्रममा हसाएका थिए। त्यतिबेला उनी ओरालो लागिसकेका भएर जावलाखेलको मैदानमा दर्शकको खासै चाप भने थिएन।

यतिखेर कपिल शर्मा चर्चाको शिखरमा छन् र पहिलो पटक नेपालमा कार्यक्रम गर्दै थिए। उनलाई हेर्न तथा सुन्न कै लागि यो पैसा तिरेर मात्र टिकट नपाइने कार्यक्रमका लागि एनसेलको डाटा किन्नेहरुको लाइन लागेको थियो।    

कपिलको कहानी

३३ वर्षअघि अप्रिल फूलको भोलिपल्ट जन्मिएका कपिल भारतको पंजाब राज्यको अमृतसरस्थित एक ब्राह्मणको घरमा जन्मिएका थिए। उनका पिता पुलिस फोर्समा थिए भने आमा गृहिणी।

कमेडी नाइट्सले उनलाई चर्चाको शिखरमा पुर्‍याए पनि उनलाई चर्चामा ल्याएको भने द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज सिजन ३ ले हो। सन् २०१० मा कमेडी सर्कस, कमेडी के सुपरस्टार्स र कमेडी सर्कसका जादुका विजेता रहे। २०१२ मा उनी कहानी कमेडी सर्कसकीको पनि विजेता भए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell