PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

काठमाडौँमा एकाबिहानै दुई दुर्घटना, माइक्रो र भ्यान ठोक्किँदा १२ घाइते



काठमाडौँमा एकाबिहानै दुई दुर्घटना, माइक्रो र भ्यान ठोक्किँदा १२ घाइते

  • पहिलोपोस्ट-
काठमाडौँ : गएराति र आज बिहान सबेरै काठमाडौँमा भएका दुई दुर्घटनामा १३ जना घाइते भएका छन्। गुर्जुधारामा आज बिहान साढे १ बजे मनकामनाबाट काठमाडौँतर्फ आउँदै गरेको बा.२ ख २०४७ नम्बरकोे माइक्रोबस र कलंकीबाट धादिङतर्फ जाँदै गरेको बा १ य ८४७ नम्बरकोे पर्यटक भ्यान ठक्कर खाई दुर्घटना भएको हो।

दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारको लागि काठमाण्डौको बलम्बुस्थित निलम अस्पताल लगिएको छ। दुवै सवारी साधन प्रहरी वृत थानकोटको नियन्त्रणमा रहेको छ।

त्यस्तै सोह्रखुट्टेमा आज बिहान सवा ५ बजे पर्यटक बसले मिनिटाटालाई ठक्कर दिँदा मिनिटाटा चालक नुवाकोट घर भएका २५ वर्षीय दिलकुमार कुँवर घाइते भएका छन्।

बा १ प ११२१ नम्बरको पर्यटक बसले बा २ ख.१२३२ नम्बरको.दुध बोक्ने मिनी टाटालाई ठक्कर दिएको हो । घाइतेलाई उपचारको लागि वीर अस्पताल पठाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell