PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

ह्यारीका दाइभाउजु भारत भ्रमणमा, भुटान पनि जाने



ह्यारीका दाइभाउजु भारत भ्रमणमा, भुटान पनि जाने

भर्खरै नेपाल भ्रमणबाट फर्किएका बेलायती राजकुमार ह्यारीका दाइभाउजु विलियम र केटले आजदेखि भारत भ्रमण सुरु गरेका छन्। झण्डै दुई वर्षपछि यो जोडीले आधिकारिक रुपमा रोयल टुर गरेका हुन्। 

आइतबार बिहान मुम्बई आइपुगेका विलियम र केट त्यहाँको ताज महल प्यालेस होटलमा बसेका छन्। ११ सदस्यीय भ्रमण टोलीमा उनीहरुका सन्तान दुई वर्षका जर्ज र ११ महिना चार्लोट भने साथमा छैनन्। 

भारतपछि उनीहरु भुटान भ्रमणमा समेत जाने छन्। ह्यारीले भ्रमणका लागि नेपाल रोजे पनि उनका दाइभाउजुले भने नेपाल आउने कार्यक्रम बनाएका छैनन्। 

हेर्नुस् विलियम र केट मुम्बई पुग्दाका फोटो। सौजन्य : डेलीमेल 

























 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell