PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

१६ लाखमा बन्ने दुई तले घर, स्टिलको संरचना, आयु ६० वर्ष



१६ लाखमा बन्ने दुई तले घर, स्टिलको संरचना, आयु ६० वर्ष

  • पवन तिमिल्सिना -
काठमाडौं : गत बैशाख १२ गतेको विनाशकारी भूकम्पले कयौं घर तथा ठुला संरचना भत्किएपछि बलियो घर बनाउने सोचमा धेरै नेपाली भौतारिएका छन्। यही मेसोमा व्यवसायिक कम्पनीहरुले नयाँ प्रविधितर्फ उपभोक्ताको ध्यान तानिरहेका पनि छन्। 

राजधानीमा जारी निर्माण सम्बन्धी एक्स्पो नेपाल बिल्डकन तथा वुड अन्तराष्ट्रिय प्रदर्शनीमा घर निर्माणका प्रविधि रहेकै स्टलहरुमा बढी भिडभाड लागेको छ । उपभोक्ताको चासो घर निर्माणको नयाँ प्रविधि र सुरक्षामा छ। 

दोस्रो नेपाल बिल्डकन तथा वुड अन्तराष्ट्रिय प्रदर्शनीमा  राखिएको स्ट्रक्चरल स्टिल प्रविधिमा उपभोक्ताको आकर्षण धेरै देखिएको छ। पञ्चकन्या ग्रुपले यो स्टल राखेको हो। स्टिलबाट निर्माण हुने यो संरचना भुकम्प प्रतिरोधात्मक हुन्छ।  

प्रिफ्याबका स्टलमा पनि उपभोक्ताको निकै भिड लागेको छ ।  प्रिफ्याबसँगै पञ्चकन्याको स्ट्रक्चरल स्टिल पनि कार्यक्रमको प्रमुख आकर्षण बनेको पञ्चकन्या ग्रुपका मार्केटिङ एण्ड सेल्स स्टाफ गोपाल वाग्ले बताए।

उनले भने,’ मेलामा आउने जोकोही मानिस पनि यसको नमुना घरको तल्ला नउक्ली गएका छैनन्।‘ नेपालमा फ्रेमका लागि ०.५ मिलिमिटरदेखि एक मिलिमिटरसम्मको कच्चा पदार्थ उपलब्ध हुनेभएकाले दुई तल्लाको भवन निर्माण गर्न सकिने वाग्लेले बताए।

विदेशतिर धेरै तल्लाका भवन निर्माण गर्नका लागि पाँच मिलिमिटरसम्मको कच्चा पदार्थ प्रयोग हुने उनले बताए।   कोल्ड फर्म्ड प्रक्रियाबाट बन्ने भएकाले यस प्रविधिबाट निर्माण भएका संरचनाहरु हलुका हुन्छन्।

अन्य प्रविधिमा जस्तो यसमा तापको प्रयोग नहुनेभएकाले यसको तौल तुलनात्मक रुपमा कम हुने कम्पनीले जानाएको छ। यसमा भएको स्केलेटन स्ट्रक्चरका कारण यो प्रविधि प्रिफ्याबको तुलनामा बढी बलियो हुने वाग्लेले दावी गरे ।  

यो प्रविधिका संरचना ९.५ रेक्टर स्केलको भुकम्प र आगलागि प्रतिरोधात्मक हुने वाग्लेले बताए। भुकम्पपछि भित्रिएको यो प्रविधि नेपालका लागि नौलो विषय हो। हाल काठमाडौंको बल्खु तथा नवलपारासी लगायत विभिन्न क्षेत्रमा यसको नमुना घर निर्माण भइसकेको उनले जानकारी दिएका छन्।

कति खर्च लाग्छ?

यो प्रविधिबाट कुनैपनि जग्गामा आवास, विद्यालय, स्वास्थ्य चौकी बनाउन सकिने कम्पनीले जनाएको छ। पञ्चकन्याले पुर्णरुपमा घर निर्माण गर्न फ्रेमका लागि शेरा बोर्डसँग समन्वयन पनि गरेको छ। शतप्रतिशत स्टिलबाट निर्माण हुने संरचनाको औसत आयु ६० वर्ष हुनेछ ।  

रोलर कम्प्याक्टेड कन्क्रिट(आरसिसि) प्रविधिबाट बनेका परम्परागत घरहभन्दा ५० प्रतिशतले सस्तो पर्ने वाग्लेले बताए। यो प्रविधिबाट सामान्य दुईतल्ले घरको मूल्य १६ लाख देखि २० लाख रुपैयाँसम्म पर्छ।  

स्टिलबाट बन्ने स्केलेटन निर्माणका लागि प्रति वर्गको फिटको मुल्य सातसय रुपैयाँ रहेको छ भने पूर्ण रुपमा घर निर्माणका लागि दुई हजार रुपैयाँ प्रति फुट रहेको छ। एउटा घर बनाउन करिब एक महिना लाग्ने कम्पनीले जनाएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell