PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

​नेपाली सोसाइटी सिंगापुरको अध्यक्षमा विश्वप्रकाश गिरी



​नेपाली सोसाइटी सिंगापुरको अध्यक्षमा विश्वप्रकाश गिरी
फोटो : सन्तोष थापा

  • सन्तोष थापा-
सिंगापुर : नेपाली सोसाइटी सिंगापुरको अध्यक्षमा विश्वप्रकाश गिरी (ग्यारी) चयन भएका छन्। सेलोन स्पोर्ट्स क्लब, ब्यालेस्टिएरमा भएको नेपाली सोसाइटी ‘सिंगापुर एनआरएन च्याप्टर’को सम्मेलनले गिरीलाई अध्यक्षमा चयन गरेको हो।
 
प्रत्यासी इन्द्र गुरुङलाई हराउँदै ग्यारी अध्यक्ष पदमा विजयी भएका हुन्। कुल २२२ सदस्य रहेको संस्थाको कार्यक्रममा १२९ मत खसेको थियो।
 
सम्मेलनले एनआरएन-आइसिसी सदस्यको रुपमा सिंगापुर च्याप्टरबाट राजु शर्मालाई मनोनित गरेको छ। कोषाध्यक्षमा माधव महर्जन, सचिवमा लालबहादुर आले, सह-सचिव सुनिल शर्मा चयन भएका छन् भने  सदस्यहरु रवि शर्मा र अपेक्षा नेपाल चुनिएका छन्।

नवनिर्वाचित अध्यक्ष गिरीले नयाँकार्यसमितिले नेपाली समाजलाई एक भई नेपाली संस्कृति, भाषा र समुदायको पहिचान विलिन हुन नदिने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell