PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

वैशाख १ पछि विदेशबाट आफैले वा अरुले ल्याइदिएका मोबाइल ब्लक हुँदैछन्, चल्ने बनाउन के गर्ने?



वैशाख १ पछि विदेशबाट आफैले वा अरुले ल्याइदिएका मोबाइल ब्लक हुँदैछन्, चल्ने बनाउन के गर्ने?

  • उमेश पौडेल -
काठमाडौँ : यदि तपाईलाई कसैले विदेशबाट मोवाइल ल्याइदियो वा आफैले ल्याउनु भयो भने पहिले जसरी नेपालको सिम कार्ड राख्ने बित्तिकै सजिलै फोन चल्ने अवस्था रहने छैन।  

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा अवैध तथा गैरकानुनी तवरबाट भित्रिएका मोवाइल फोनलाई व्यवस्थित गर्न बैशाख एक गतेदेखि नयाँ निर्देशिका लागू गर्न लागेको छ।

यो निर्देशिका अनुसार अब तपाईँले त्यस्ता फोन नेपाल दुरसञ्चार प्राधिकरणमा ल्याएर मोबाइलको युनिक कोड आइएमइआई नम्बर दर्ता गराउनुपर्ने हुन्छ। अन्यथा तपाइँको मोवाइल व्लक हुन सक्छ।

तर तपाईँले नेपालमा मोबाइल बेच्ने आधिकारिक कम्पनीबाट मोबाइल खरिद गर्नुभयो भने केही गर्नु पर्दैन, कम्पनी आफैंले दर्ता गरिदिन्छ।


'२०७३ साल बैसाख १ गतेभन्दा अगाडि ल्याएका मोवाइल फोनलाई भने नेटवर्क अपरेटरले आफै रजिस्टर गरिदिन्छन्' नेपाल दुरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने 'आइएमइआई नम्बर नभएका मोवाइललाई ६ महिनाको म्याद दिएर आइएमइआई रजिष्टर गर्न लगाउँछौं त्यस अवधिमा पनि नगरे मोवाइल व्लक हुन्छ।'

अनिवार्य दर्ता 

प्राधिकरणले बैशाखदेखि अनिवार्य रुपमा मोबाइल सेटहरु दर्ता गर्नुपर्ने अर्थात आईएमईआई नम्बर दर्ता गर्नुपर्ने प्राबधान लागू गर्न लागेको छ। आईएमईआई नम्बरद्वारा आफ्नो फोन सक्कली वा नक्कली हो भनेर थाहा पाउन सकिन्छ।
 
बजारमा मोवाइल फोन प्रयोगकर्ताले गैरकानुनी तथा ग्रे मार्केटबाट खरिद गरेका मोवाइल सेट छ्याप्छ्याप्ती पाइने गरेका छन्। यस्ता सेट नियन्त्रण गर्न प्राधिकरणले यस्तो कदम चाल्न लागेको हो ।
 
गैरकानुनी तरिकाले ल्याइएको मोबाइल फोन बजारमा छ्याप्छ्याप्ती पाइन्छ । त्यसले मोबाइल ग्राहक तथा कम्पनीहरुलाई पनि समस्या हुन थालेपछि प्राधिकरणले निर्देशिका ल्याएको हो।
 
अर्थ मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयसँगको समन्वयमा प्राधिकरणले मोबाइल ह्याण्डसेटको पहिचान हुनेगरी युनिक आइडेन्टिटी आइएमएआइ/इएसएन/एमइआइडी अनिवार्य रुपमा दर्ता गर्नुपर्ने व्यवस्था मिलाएको हो।

प्राधिकरणले बैशाखदेखि लागुहुने गरी नेसनल इक्वीपमेन्ट आइडेन्टिटी रजिष्ट्रीलाई अनिवार्य बनाएको हो। यो व्यवस्था लागुभएसंगै नेपालमा मोवाइल फोन आयात गर्ने आयातकर्ता र सेवा प्रदायकले यो निर्देशिका लागू हुने प्राधिकरणले जनाएको छ।
 
अबैध तरिकाले नेपालमा भित्रिएका मोबाइल फोन नेपालमा दर्ता नहुने र नेपाली मोबाइल सेवा प्रदायकका नेटवर्कमा सहि रुपमा प्रयोग गर्न पनि कठिन हुने गर्दछन् ।
 

बैशाख १ गतेदेखि ट्रयाकिङ सुरु

आगामी बैशाख १ गतेदेखि सबैखाले मोवाइलको युनिक आइडेन्टिटी रजिष्ट्रिको काम सुरु गर्नेछ। एक गतेबाटै आइएमइआई नम्बर भएका मोवाइलको ट्रयाकिङ गर्ने काम सुरु हुनेछ।
 
असोज ३० भित्र प्राधिकरणले मोवाइल ट्रयाकिङको सिस्टमलाई फूल अपरेसनमा लैजाने कार्ययोजना बनाएको छ। त्यसमा सवै किसिमका सेलुलर सिस्टमहरु पर्नेछन्।
 
कार्तिक १ गतेबाट त्यो सिस्टमलाई पूर्णरुपमा लागु गरिनेछ भने त्यहि मितिदेखि ६ महिनाको लागि यो व्यवस्था लागु गरिनेछ। कार्तिकबाटै आइएमइआई नम्बर झुठो भएका मोबाइललाई ब्लक गर्ने काम सुरु हुनेछ।
 
यी सम्पूर्ण कार्यलाई आगामी साउन एक गतेदेखि दूरसञ्चार सेवामा पूर्ण रुपमा लागु गरिनुका साथै निर्देशिका लागु गरिनेछ।

यो निर्देशिकामा मोवाइल आयात गर्ने, वितरण गर्ने र प्रयोग गर्नेले आइएमइआई नभएका मोवाइल सेटलाई नियमनमा ल्याउने जनाएको छ।
 
 

तपाईँको मोबाइल हरायो भने के गर्ने?

यदि तपाइको मोवाइल हरायो भने तपाइले अब नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्षलाई सम्बोधन गरेर एउटा निवेदन दिनुपर्ने हुन्छ। त्यसमा तपाइले हराएको मोवाइलको विवरण भर्नुपर्ने हुन्छ।
 
निवेदनमा हराएको मिति, हराएको स्थान, आइएमइआइ नम्बर, मोवाइल नम्बर, तपाईको नाम, नगरिकता वा व्यक्तिगत नम्बर, ठेगाना, सम्पर्क नम्बर, इमेल ठेगाना  र नागरिकताको प्रतिलिपि राखि दस्तखत गर्नुपर्नेछ। यी सवै प्रक्रिया पुर्याएपछि तपाईको मोवाइल सेट ट्रयाक हुनेछ वा ब्लक हुनेछ।

*#06#  नम्बर डायल गरेपछि आइएमइआइ नम्बर हेर्न सकिन्छ। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell