PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

​खोटाङका विष्णु राना २ वर्षदेखि साउदीमा बेपत्ता



दमाम (साउदी अरब) : वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब आएका एक नेपाली युवक साउदी अरबमा बेपत्ता भएका छन्। 

तीन वर्ष अघि साउदी अरब आएका खोटाङ, मङ्गलटार–४ भदौरेका ३५ वर्षीय विष्णुबहादुर राना बेपत्ता भएका हुन्। 

काठमाडौंमा रहेको राज ओभरसिज म्यानपावर कम्पनी मार्फत साउदी आएका राना जुबेलस्थित नेस्मा होल्डिङ कम्पनीमा कार्यरत थिए। 

साउदी आएको छ–सात महिनासम्म घरपरिवारसँग सम्पर्कमा रहेपनि त्यसपछि भने उनी सम्पर्कविहीन बनेको साउदीमा रहेका उनका आफन्त राम थापाले बताए।

राना कार्यरत कम्पनीमा सम्पर्क गर्दा कम्पनीले त्यहाँ नरहेको जनाएको थापाले बताए। उनी बेपत्ता भएको विषयमा जानकारी गराउन रियादस्थित नेपाली दूतावासको टेलिफोन नम्बर ०११४६१११०८ मा पटक/पटक सम्पर्क गर्ने प्रयास गरेपनि टेलिफोन नउठ्दा जानकारी गराउन नसकिएको थापाले गुनासो गरे।  

लामो समयदेखि सम्पर्कमा नआएपछि आफन्तजनको सहयोगमा उनको खोजीकार्य गरिएको भए पनि भेट्न नसकिएको रानाका साला सुभाष थापा मगरले काठमाडौंबाट टेलिफोनमा बताए।  

थापाका अनुसार राना विगत दुईवर्ष ६ महिनादेखि घरपरिवार तथा आफन्तजनसँग सम्पर्कमा छैनन् । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell